काठमाडौं, मंसिर २८
नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ–

निर्वाचनमा ४६ सय ७९ मत खसेकोमा हाल सम्म ४२७६ गणना भइसकेको छ । जसमध्ये शेरबहादुर देउवाले दुई हजार ४६ ल्याएका छन् । त्यस्तै, उनलाई पछ्याइरहेका शेखर कोइरालाले १६ सय १५ ल्याएका छन् ।

पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २३ सय ४० मत आवश्यक पर्दछ । अब चार सय मत गन्न बाँकी रहँदा बहुमतका लागि देउवालाई २९४ मत आवश्यक पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय