
उदयपुर : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत उदयपुरमा रहेका त्रिवि आंगिक निर्वाचन हुने तीन क्याम्पसमा मतदान सम्पन्न भएकाे थियाे।
त्यस्तै बरुवा क्याम्पस गाईघाटमा ३२४ मत खसेको थियो । आइतबार भएको निर्वाचनमा शारद खड्काले १ सय ४७ सान्दार मत प्राप्त गरी विजयी भएका छन्।





त्यसैगरी सचिवमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका संजिव राउत १ सय ३७ मत र कोषाध्यक्षमा अनेरास्ववियुका अजिता पाण्डे १ सय ३४ मत प्राप्त गरी विजयी भएका छन् भने सदस्यहरूमा अनेरास्ववियुका नारायण भट्टराई १ सय ३९, रागवी तुलाधार १ सय ३०, मिलन बुढाथोकी १ सय २८, विशाल विष्ट १ सय २५, भावना श्रेष्ठ १ सय २५ र अनेरास्ववियु क्रान्तिकारीका प्रविण मगर १ सय १६ मत प्राप्त गरी विजयी भएका छन् । ५ सय ५२ मतदाता रहेको वरुवा क्याम्पसमा ३ सय २४ मत खसेको थियो ।