लोक आधुनिक फ्युजन सँगै मेलोडियस गितका सफल कलारकार हुन् सरोज साजन श्रेष्ठ । आफ्नो नामको ३ एस मिलाएर एस थ्री नामबाट चिनिने श्रेष्ठले पछिल्लो समय एकपछि अर्को सुपरहिट गित बजारमा ल्याएका छन् । केही समय अगाडि माया नयनी ताल बोलको गित ल्याएर चर्चामा आएका श्रेष्ठले शुक्रवार ‘छल छल’ बोलको गित सार्वजानिक गरेका छन् ।

शुक्रवार यूटुव मार्फत सार्वजानिक भएको गितले छोटो समयमा दर्शक तथा श्रोताहरुको मन जित्न सफल भएको छ । गितमा गायक सरोज साजन श्रेष्ठ र गायिका दुर्गा खरेलको स्वरमा रहेको छ ।

गितको म्युजिक भिडियो निकै उत्कृट बनेको छ । गितको म्युजिक भिडियोमा टिकटकबाट उदाएका जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडा सँगै अर्का जुम्ल्याहा टिकटक स्टार्र अमर र अमृत दाहालको अभिनय रहेको छ ।

भिडियोमा कोरियोग्राफर दीपकमान सिंहले उनीहरुलाई गज्जबले नचाएका छन् । विधान कार्कीले निर्देशन गरेको भिडियोमा नवराज उप्रेतीको छायांकन छ । यो गीतमा दिनेशराज पुरीको शब्द र अर्जुन पोखरेलको संगीत छ । गीतलाई संगीतकार पोखरेलले डान्सिङ शैलीमा तयार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय