Aankhijhyaal.com -आँखी झ्याल डट कम  खबर 

माघ २४ पर्वत 
पर्वतको फलेवास नगरपालिका ५ अर्मानामा रहेको जनता आधारभूत विद्यालयमा कम्प्युटर सहयोग गरिएको छ ।
लायन्स क्लव अफ पर्वत सारथीले बुधवार जनता आधारभूत विधालयमा एक थान कम्युटर हस्तान्तरण गरेको हो । औपचारिक रुपबाट सञ्चालित कार्यक्रम सारथी क्लबका अध्यक्ष अनिता सापकोटाको अध्यक्षतामा  उक्त कार्यक्रम सम्पन भएको थियो ।

फलेवास नगरपालिकाका उप- प्रमुख शोभाकुमारी क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि जोन चियर पर्सन ज्ञानेन्द्र कुमार जोशी,लायन्स क्लब अफ पर्वत भुमेकोटका अध्यक्ष तेजेन्द्र सुवेदी,विधालय व्यवस्थापन समितिका अध्यक्ष पुर्णप्रसाद सापकोटा ,विद्यालयका प्रधानाध्यापक वैकुण्ठप्रसाद श्रेष्ठ लगायत सहभागी हुनुभएको थियो ।

क्लवका अध्यक्ष अनिता सापकोटाले लायन्सकर्मीहरुले सामाजिक उतरदायित्व स्वरुप विधालय लाई सहयोग गरेको बताउनु भएकाे थियो । उहाँले आफ्नो क्लवले आगामी दिनमा पनि दुरदराजको गाउँठाउँहरूकाे सामाजिक कार्यमा सहयोग गर्ने बताउनुभयो ।  कार्यक्रमको स्वागत लिला दवाडी र सन्चालन शान्ती श्रेष्ठले गर्नुभएको थियो । क्लवले गरेका यस सामाजिक उत्तरदायित्वको कार्यमा फलेवाका समाजसेवी कृष्ण सापकोटा ले दुरदराजको गाउँठाउँमा जानुपर्छ हामिले गाउँलाई नै माया र्गनु र्पछ भनी फलेवास नगरपालिका ५ अर्मानामा रहेको जनता आधारभूत विद्यालयमा  पुग्रन  समन्वयको भूमिका खेलेर कम्प्युटर सहयोग गरिएको  थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय