Aankhijhyaal.com -आँखी झ्याल डट कम,

स्वइच्छा आचार्य 

कुनपा ७ स्थित सहनशील महिला बहुउद्देश्यीय सहकारी संस्थाले दिदिबहिनीहरुको भेला जम्मा गरि एक कार्यक्रमका बिच बिहिवार सरसफाइ कार्य सम्पन्न गरेको छ ।

महिलाको क्षमताले सामाजिक काम देखि लिएर अन्य कामहरु पनि गर्न सक्छन भन्ने उद्देश्यले जन्मिएको श्री सहनशिल महिला बिकास बहुउद्देश्यीय सहकारीको आयोजनामा कुश्मा नगरपालीका वाड न – ७ खरेहामा अबस्थित  जलेश्वर शिब मन्दिर परिसर लगायत मरेपिपल चौपारी, सरस्वति मन्दिर र भित्री सडकको सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

सरसफाइ कार्यक्रम संयोजक तथा सहकारीका अध्यक्ष कलावती पुरीले जस्तो सुकै कठिन कार्य गर्न पनि दिबैनीको साथ सहयोग भयो भने सजिलै सफलता प्राप्त गर्न सकिने कुरा बताउनु भयो र आफ्ना हरेक घर टोल छिमेक सबैमा यस्ता सरसफाइका कार्यक्रम गर्नुपर्ने जोड दिनुभयो   कार्यक्रममा जलेश्वर शिब मन्दिर संस्थापक समितिका अध्यक्ष खेमनाथ शर्माले धार्मिक विषयमा महिलाहरुको छुट्टै आस्था र बिचार भएको हुनाले यस्ता सामाजिक र धार्मिक कार्यमा महिलाको सोच र कार्य प्रती आफू निकै खुशी भएको बताउनु भयो ।

मन्दिर ब्यबस्थापन समिति सचिब कृष्ण गिरी र सदस्य केशब रिमाल लगायत सबैको विशेष उपस्थिति रहेको थियो । सहकारी महिला दिदिबहिनीहरुले यस भन्दा अगाडि पनि थुप्रै पटक यस्ता सामाजिक कार्य देखि लिएर आर्थिक सहयोग कार्यहरु समाजमा गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय