Aankhijhyaal.com -आँखी झ्याल डट कम,

काठमाडौं, भदौ २-

साफ यू–२० च्याम्पियनसिप २०२४ आजदेखि काठमाडौंमा सुरु हुँदै छ। एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हुने उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकाको सामना गर्नेछ। प्रतियोगिताका लागि नेपालले लगभग ४० दिन प्रशिक्षण गरेको थियो भने चर्च ब्वाइजसँग ३ वटा अभ्यास खेल खेलेको थियो।

घरेलु मैदानमा नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ। नेपालले अन्डर १८ र अन्डर १९ साफ च्याम्पियनसिप जिते पनि यू–२० उमेर समूहको प्रतियोगिता भने जित्न सकेको छैन। हिजो भएको प्रि–म्याच कन्फरेन्समा सहभागी सबै ६ देशले आफ्नो टोली च्याम्यिन बन्ने दाबी गरेका छन्।

प्रतियोगितामा सहभागी टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल सम्मिलित समूह एमा श्रीलंका र बंगलादेश छन् भने समूह बीमा भारत, भुटान र माल्दिभ्स छन्।

भारी वर्षालगायत प्रतिकूल मैदानका कारण समूह चरणका सबै खेल दशरथ रंगशालाबाट एन्फा कम्प्लेक्समा सारिएको थियो। मौसममा सुधार आए र पिच खेल्न योग्य भए सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुने सम्भावना रहेको जनाइएको छ।

नेपालले दोस्रो खेलमा भदौ ६ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको पहिलो सेमिफाइनल भदौ ९ गते र दोस्रो सेमिफाइनल भदौ १० गते हुने छ। फाइनल भने भदौ १२ गते हुने तालिका छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय