पौष १, पर्वत
लायन्स कल्व अफ काठमाडौ देउराली दियालोले पर्वतको फलेवास नगरपालिका ५ अर्मानामा रहेको जनता आधारभूत विद्यालयका सम्पूर्ण विधार्थीहरूलाई न्यानो कपडा एक कार्यक्रम गरेर सहयोग गरेको थियो । जहाँ ५५ जना विधार्थीहरु अध्यनरत छन् ।
सामाजिक उत्तरदायित्व स्वरुप गरिएको सो सेवाकार्यको संयोजकता स्थानिय भेगमा जन्मेहुर्केका समाजसेवी कृष्ण सापकोटाले गरेका थिए । औपचारिक रुपबाट सञ्चालित कार्यक्रममा फलेवास नगरपालिका ५ का वडा प्रमूख नारायण लामिछाने, लायन्स डिस्ट्रिक ३२५ आईका निवर्तमान गभर्नर चन्द्र केसि, प्रथम भिडिजि पार्वती खरेल पाण्डे, विधालयका प्रअ वैकुन्ठ श्रेष्ठ लगायतले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रममा लायन विष्णु भण्डारी, समाजसेवी कमल सापकोटा, अनिता सापकोटा, गोविन्द आचार्य लगायत अभिभावक तथा विधार्थीहरुको वाक्लो उपस्थिति थियो ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष पुर्णप्रसाद सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रम मा संयोजक कृष्ण सापकोटाले आफ्नो क्लवले आगामी दिनमा पनि सामाजिक कार्यमा थप सहयोग लिएर आउने बताउनुभयो ।
उक्त कार्यक्रमको सन्चालन शिक्षिका इन्दिरा तिवारीले गर्नुभएको थियो ।