गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन्। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ।यतिबेला सुनिता बुढा मगर र जीवन कंडेलको नयाँ गित “म त रेलैमा” बजारमा आएको छ। गितमा जीवन कंडेलको शब्द तथा संगित रहेको छ । गितलाई महेन्द्र भण्डारीले एरेन्ज गरेका हुन्। गीतको भाव गीतको शब्द चयनमा निकै रस रंग संगै अति मनोरन्जनात्मक रहेको दर्शक श्रोताले आंकलन गरिरहेका छन्। गितमा धुर्व हिमाली र सरस्वती फुयालको अभिनय देख्न सकिन्छ ।
हरिस महराको सिनेमाटोग्राफ रहेको गितको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन । गीतको भिडियोलाइ मौसम हिमालीले निर्देशन गेरेका हुन् । गित जीवन साथि युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
https://youtu.be/FimSTXIevBU

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय