सन्देश लामिछाने : मानिसको मस्तिष्कमा (दिमाग ) दिनको १२ हजारदेखि ६० हजार विचारहरु उत्पन्न हुन्छन् । मानिसको मन मा दैनिक ६० हजारदेखि ८० हजार सम्म विचारहरु चल्छन् ।  औसतमा हरेक दिन ६० हजार विचाहरु चल्दछन् ।  एक घन्टामा २५ सय विचाहरु चल्दछन भने १ मिनेटमा लगभग ४२ विचारहरु चल्दछन् । नकारात्मक ८०% ,सकारात्मक २०% र कुल विचारमा नयाँ नभएर पुरानै विचार ९५% चल्छन् र नयाँ ५% चल्छन् ।
जिन्दगीको गुणस्तर विचारको माध्यमद्वारा हामीले गर्ने आन्तरिक तथा बाह्य संवादमा भर पर्दछ । विचारले हाम्रो समग्र शरीरको रसायन मा परिवर्तन ल्याउदछ । हामी जे कुरा बारामबार दोहोर्याइ रहन्छौ पछि त्यही कुरा बन्छ ।जिन्दगीले कसैलाई कुनै पनि बेला झड्का दिन सक्दछ ।झड्का खानु भएको छैन भने मान्नुहोस् जिन्दगी सुरु भएकै छैन । त्यस झड्काको प्रभावले जिन्दगीमा के हुन्छ ? यो महत्त्वपूर्ण प्रश्न हो ?
मन रुपी खेतमा हामीले कस्ता विचारहरु रोपेका छौ ? कस्ता विचारहरुलाई मलजल गरेका छौँ ? विचार अनुरुप मनको अवस्था बन्दछ । मनको अवस्था जस्तो हुन्छ । जिन्दगी पनि त्यस्तै हुन्छ । मन कसरी नियन्त्रण गर्ने ? शारीरिक,मानसिक ,आर्थिक र आध्यात्मिक अनुशासनको एक समूह योग हो । दीर्घ जीवनक लागि प्रणायाम गर्नुपर्छ । जस्ले लामो श्वास फेर्छ, त्यही लामो समय बाँचछ ।
सुगुरले १ मिनेटमा ३०-३२ पल्ट श्वास फेर्छ । त्यही भएर आयु १०-१२ बर्ष मात्रै हुन्छ । कछुवाले १ मिनेटमा ४-५ पटक श्वास फेर्छ । गहिरो श्वास फेर्ने हुनाले कछुवा ४-५ सय बर्ष सम्म बाँच्छ । मान्छेले १६ पटक फेर्छ १ मिनेटमा आयु ६५-७० औसत बर्ष हुन्छ । रिसाएको बेलामा ४० देखि ६० पटक सम्म फेर्छ । कामवासनाको बेलामा पनि त्यति नै श्वास फेर्छ । तनाव,क्रोध जति बढ्यो मान्छेको आयुमा फरक पार्छ । जतिछिटो श्वास फेर्यो त्यति नै आयु घट्छ । पहिला ऋषिमुनी प्राणायम गर्थे गहिरो श्वास फेर्थे । त्यहि भएर १ सय ४० बर्ष सम पनि बाँच्थे अर्थात स्वास्थ्य पनि हुन्थे ।
स्वास्थ्य अवस्था कायम राख्न योग आवश्यक छ ।
स्वास्थ्य मानिसको चिनारी रोग मात्रै नभएको भन्ने हुँदैन । मानिस स्वास्थ्य रहन शारीरिक, मानसिक ,आर्थिक ,सामाजिक र आध्यात्मिक अवस्थामा पनि स्वास्थ रहन आवश्यक हुन्छ । तसर्थ स्वास्थ बनाउने एक मात्र उपाय योग र ध्यान नै हो । मानिसको मन र दिमागमा आउने नकारात्मक विचारलाई नियन्त्रण गर्न र सकारात्मक विचारलाई नियमित कायम राख्न धेरै सहयोग गर्छ ।
मानिस कुनै काम मा असफल भए पनि धेरै कुराहरु सिक्न पाएको मा सकारात्मक विचारले गर्दा शान्त रहन्छ र फेरि कोसीको गर्न थाल्छ । मानिस समाजमा आफ्नो अस्तित्वको पहिचान दिन सक्छ । औषधिले निको नभएका रोगहरु पनि निको हुन्छन् । औषधिको असर सजिलै देख्न सकिन्छ तर योग गरेमा त्यसको असर वा बेफाइदा हुँदैन । योग गर्दा तन र मनमा नयाँ उर्जा र फूर्ति बढेर आउँछ ।
योगका कारण विचार स्वास्छ हुन्छ । विचार स्वास्थ हुनु भनेको , मानसिक अवस्था स्वास्थ हुनु हो तसर्थ नयाँ काम, नयाँ विचार उत्पन्न हुन्छन् यसको प्रयोग बाट आर्थिक अवस्था स्वास्थ हुन्छ । आर्थिक स्वास्छ भएको मानिस सामाजिक स्वास्छ हुन्छ । सामाजिक स्वास्छ भएको मानिस आध्यात्मिक स्वास्छ हुन्छ । तनाव, लत , रोग , रिष र डाहा बाट टाढानै रहेको हुन्छ । सानो-ठूलो कसैलाई पनि भिन्न देख्दैन सबैलाई निर्मलको नजरले हेर्छ सम्मान गर्छ ।
शारीरिक ,मानसिक ,आर्थिक ,सामाजिक र आध्यात्मिक स्वास्थ रार्म्रो भएको मानिस मात्र स्वास्थ्य मानिन्छ ।
नोट- हजुरले जे गरे पनि एउटा काम गर्नु होस् तर काम गर्दा काम गरेको थाहा नै नहोस् आफुले काम गर्दा मज्जा रमाइलो लाग्ने होस् र योग बिधि प्रयो गर्नु भयो भने हजुर स्वास्थ सफल मानिस हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय