प्रधानमन्त्रीद्वारा फलेवासी युवा गायक सरोज साजन श्रेष्ठ “उत्कृष्ट युवा पुरस्कार-२०२४” स्वर्ण पदक, प्रमाणपत्र र नगद सहित सम्मानित।  

काठमाडौं – नेपाल जेसीसको ५१ औं राष्ट्रिय महाधिवेशन इटहरीमा आयोजित कार्यक्रममा पर्वत जेसिसको सिफारिसमा  पर्वत फलेवासका गायक,समाजसेवी तथा युवा उत्प्रेरक श्री सरोज साजन श्रेष्ठलाई वर्ष २०२४ को साहित्य,कला र संगीत क्षेत्र विधामा समाज र राष्ट्रलाई उल्लेखनीय योगदान पुर्‍याए बापत नेपाल जेसिसले “The Outstanding Youth Of Nation 2024(TOYN)”उत्कृष्ट युवा पुरस्कार – २०२४’ अवार्डबाट सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओली ज्युद्वारा स्वर्ण पदक,प्रमाण पत्र र नगद सहित सम्मानित भएका हुन्।

पर्वतको फलेवास नगरपालिका वडा नं-६, देवीस्थानमा जन्मेका गायक सरोज साजन श्रेष्ठ हाल काठमाडौंमा बस्दै आइरहेका छन् ।

बिगत १ दशक देखि निरन्तर नेपाली गीत, संगीतमा अनवरत रुपमा लागेका गायक श्रेष्ठले वि.सं.२०७२ मा आफ्नो पहिलो एल्बम “S3” प्रकाशित गरेका थिए ।

उनका छल छल, माया नयनी ताल, त्यस्तै त्यस्तैमा, चुम्दा मायाले, रमाइलो फलेवास, मायालुको देश लगायतका लोक फ्युजन गीतहरु चर्चित छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय