आँखी झ्याल काठमाडौपर्वत पैयुँ गाउँपालिका घर भएका अविनाश (अर्जुन) बस्याल २३ वर्षका भए । उनलाई पैयूँमा धेरैले फुटबलको नामले चिन्दछन । फुटबलले उनलाई त चिनायो नै उनको कारण पैयूँलाई समेत चिनाएको छ । पैयूँ गाउँपालिका वडा नम्बर ४ हातेमालो चोक घर भएका बस्याल पैयुँका युवाहरूको प्रेरणाका श्रोत बनेका छन ।

285194875_708793120410413_153795470510217659_n.jpg

उनकै कप्तानिमा रहेर पर्वतबाट तेस्रो पटक सहिद स्मारक सि डिभिजन लिग खेल्न सफल भएका छन बस्याल । जिल्ला लिग हुदै सातौं, आठौं र राष्ट्रिय रनिङ सिल्ड हुँदै सि डिभिजन खेलेका बस्याल पर्वत जिल्लाका प्रशिक्षक एवम उत्कृष्ट गोल रक्षक पनि हुन ।

285437947_1351193098624866_2323979264170493302_n.jpg

कडा मेहनत र लगनशीलताले जिल्ला, प्रदेश हुदै केन्द्र सम्म पुगेका उनी सानैदेखि फुटबल प्रेमी थिए । बस्याल लगनशील, मेहनती र होनहार खेलाडीका रुपमा अहिले जिल्लामा चिनिन्छन ।

उनी तेस्रोपटक सि डिभिजन लिग खेल्दै छन । सानो बगर देखि एन्फा हुँदै राष्ट्रिय स्तरको  शहिद स्मारक ‘सी’ डिभिजन लिग उनको लागि ठुलो उपलब्धि हो । उनि अहिले सातदोबाटो स्थित एन्फा मुख्यालयको मैदानमा खेलखेलि रहेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय