श्रीलङ्कामा अपराधमा संलग्न १० हजार जनाभन्दा धेरै व्यक्ति पक्राउ परेका छन् । श्रीलङ्काको प्रहरीले भर्खरै शुरु गरेको विशेष कारबाहीका क्रममा छ दिनमा लागुऔषधसम्बन्धी अपराध र अन्य विभिन्न आपराधिक गतिविधिमा संलग्न १० हजारभन्दा बढी संदिग्धहरूलाई पक्राउ गरेको छ ।

लागुऔषध ओसारपसार तथा सङ्गठित आपराधिक गतिविधि नियन्त्रण गर्न डिसेम्बर १७ गतेदेखि शुरु गरेकाे विशेष अभियानमा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका १० हजार चार सय ५६ मध्ये पाँच सय १७ जनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ । प्रहरीले हेरोइनसहित अन्य लागुऔषध कारोबार अपराधमा प्रयोग गरिएका गाडीसमेत बरामद गरेको छ ।

यसैबीच श्रीलङ्काका सार्वजनिक सुरक्षामन्त्री तिरन एलेसले सरकारले जस्तोसुकै कठिन परिस्थितिमा पनि अवैध गतिविधिविरुद्ध कारबाही जारी राख्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय