पर्वत :  पैयूँ गाउँपालिकाले विद्यालयमा सिकाईसंगै उत्पादन कार्यक्रम संचालन गरेको छ । पालिकाले कृषि शाखा २०८०÷०८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार एक विद्यालय एक करेसावारी कार्यक्रम संचालन गर्न लागेको हो । त्यसका लागि गाउँपालिकाले जनता माध्यमिक विद्यालय र धर्मोदय माध्यमिक विद्यालय छनोट गरेको छ । विद्यार्थीले कम्तीमा दुई रोपनी जमिनमा तरकारी खेती गर्नुपर्ने हुन्छ । विद्यालयको हाताभित्र गरिएको तरकारी खेतीबाट विद्यार्थीमा कृषिप्रति उत्प्रेरणा सहयोग पुग्ने अपेक्षा गाउँपालिकाले लिएको छ । तरकारी खेतीमा काम गर्ने ८ र ९ कक्षामा अध्ययनरत आधारभूत तहका विद्यार्थी हुनेछन् ।

विद्यालय तहबाटै कृषितर्फ विद्यार्थीको उत्प्रेरणा जगाउन गाउँपालिकाले नमुनाका रूपमा विद्यालयमा ‘ एक विद्यालय एक करेसावार कार्यक्रम’ लागू गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख शारदा शर्माले बताईन । विद्यालय करेसाबारी कार्यक्रमबाट विद्यार्थीहरुमा कृषिसम्बन्धी सैद्धान्तिक र व्यवहारिक सिकाइ हुने उनको विश्वास छ । उत्पादनबाट आम्दानी भएको ६० प्रतिशत रकम विद्याथीले पाउने छन् भने ४० प्रतिशत रकम बिउविजन खरिदमा प्रयोग गरिने छ । यस बर्ष गाउँपालिकाले उक्त कार्यक्रमका लागि एक लाख ५० हजार रुपैयाँ बिनियोजन गरेको छ । जसमा ७५ प्रशित रकम पालिकाले व्यहोर्ने छ भने २५ प्रतिशत रकम शिक्षण संख्याले व्यहोनुपर्ने छ ।

कृषि पेसालाई व्यावसायिक बनाउन तथा कृषिमा दक्ष जनशक्ति उत्पादनका लागि अभिप्रेरणा दिन गाउँपालिकाले नमुनाका रुपमा दुई वटा विद्यालयमा करेसाबारी कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ ले बताए । ‘हामीले पालिका भित्रका विद्यालय सँग प्रस्ताव आह्वान गरेका थियौँ, अहिले दुई वटा विद्यालयले मात्र प्रस्ताव पेश गर्नुभयो, आगामी बर्षमा हामी पालिका भित्रका सवै विद्यालयमा उक्त कार्यक्रम संचालन गर्ने तयारी गरेका छौँ,’ठकुरीले भने । विद्यार्थीलाई व्यवसायउन्मुख गर्ने सोचका साथ कृषि विषयलाई प्राथमिकता दिइएको गाउँपालिका अध्यक्षको भनाई छ । पालिकाले कृषिमा विद्यार्थीको आकर्षण बढाउनका लागि थालेको यो कार्यक्रम प्रभावकारी रहेको स्थानीय बताउँछन् ।

प्रमुख प्रशासकीय अधिकृत ई.राजीव लामिछानेले यो कार्यक्रम जिल्लामै नौलो भएको बताए । पैयूँ गाउँपालिकाले शैक्षिक गुणस्तरका लागि विभिन्न कार्यक्रम अगाडि सारेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय