Aankhijhyaal.com -आँखी झ्याल डट कम

लायन्स क्लब अफ सारथीले फाल्गुण २९ गते मंगलवारका दिन पर्वत कुश्मा नगरपालिका वार्ड नम्वर ११ शिल्मिमा अवस्थित श्री स्यानी पोखरी आधारभुत विधालयमा लायन्स सदस्यहरू, विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थीहरू र अभिभावकहरूको उपस्थितीमा गरिव तथा जेहेन्दार लगायत सम्पूर्ण ४५ जना विधार्थीहरुलाई व्याग तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

 

यस कार्यक्रमको अध्यछता लायन्स अनिता सापकोट्राले गरेकि थिईन । पछिल्लो समय अनिता लायन्स मार्फत सामाजिक कार्यमा ज्यादै सक्रिय छिन । कार्यक्रमको प्रमूख आतिथ्य कुश्मा नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष श्री बाबुराम पौडेलले गरेका थिए ।

 

उनले सो सामाजिक उतरदायित्वको खुलेर प्रशम्सा गरेका थिए । विद्यालयका प्रअ श्री खिमलाल सुवेदी ले कार्यक्रममा खूशी व्यक्त गरे भने विद्यालय व्यवस्थापन समिति सदस्य श्री वसन्ती नेपालीले सम्पूर्णमा धन्यवाद मन्तव्य गरेकि थिईन् ।

 

क्लवका प्रथम उपाध्यक्ष लिला दवाडीले पछिल्ला दिनहरुमा फेरि पनि स्कूलसँग जोडिने र हातेमालो गर्ने आशय व्यक्त गरेकि थिइन, भने कार्यक्रम सञ्चालन क्लव सचिव लायन्स आशंका श्रेष्ठले गरेकि थिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय