रामेश्वर लम्साल  : प्रसङ्ग मङ्सिर चारमा हुन गइरहेको आबधिक निर्बाचनमा आधारित जनताले आफ्नो अभिमतद्वारा राज्य सत्ता संचालन गर्ने प्रतिनिधि चयन गर्ने परिपाटीलाई नै सर्बोतम लोकतान्त्रिक विधि मानिन्छ। त्यसैले आबधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो। तोकिएको समयमा नै सम्पन्न गरिने आबधिक निर्बाचनले लोकतन्त्रलाई थप सबल र मजबुत गराउछ। त्यसैले आबधिक निर्बाचनलाई राज्यमा सुसासन कायम गर्नको निम्ति प्रयोग गरिने एउटा महत्त्वपूर्ण कडीको रुपमा पनि लिइन्छ। अब रह्यो ,यसको प्रयोग कसरी गर्ने भन्ने कुरामा जनता पुर्ण रुपले स्वतन्त्र र सर्बशक्तिमान रहेका छन। जनताले आफ्नो अभिमत प्रयोग गर्दा एकदमै सुझबुझ र विवेक प्रयोग गर्न जरुरी छ ।

जनताहरुले सत्ता चलाउनेहरुले हिजोका दिनमा गरेका क्रियाकलापहरु र उनिहरुले गरेका गुण र दोसका आधारमा पुन निरंतरता दिने वा अयोग्य साबित गर्दै सजाय दिने भन्ने कुरालाई सहि ढंगले प्रयोग गर्न सकेमा मात्र  राज्यले एउटा ठोस र निर्दिष्ट दिशा लिन सक्दछ। हामी जनताहरु कुनै पार्टी बिसेसका दास र रैती जस्ता नभएर आफ्नो बिबेक प्रयोग गर्ने सचेत र सभ्य नागरिक पनि हाै।

अहिलेको अबस्थामा लगातार तीस बर्ष देखि विशेष गरि नेपाली कांग्रेस , नेकपा एमाले र माओबादिले एक पछी अर्को गर्दै राज्य सत्ता सन्चालन गर्दै यहाँ सम्म देस आइ पुग्यो। तर जनताका इच्छा, आकाङ्क्षा र सपनाहरु सबै तुहिएर गए। देस समृद्ध हुन सकेन। देशमा बेरोजगार दिन प्रतिदिन बढदै जान थाल्यो। युबाहरु जिबिकोपार्जनको  लागि बिदेशी भुमिमा कामको खोजिमा भौतारिदै हिंड्नु परेको अवस्था छ। अर्थतन्त्रका आर्थिक सुचाङ्क हरु पुरै खस्किदो अबस्थामा छन।

देशमा चरम भ्रष्टाचार ब्याप्त छ। जनताले सुसासन को प्रत्याभूती गर्न पाएको अवस्था छैन। अब पुन यिनै पार्टीबाट राज्यले काचुली फेरेर फडको मार्ला भन्ने कुरामा जनता कत्ति पनि आसाबादी छैनन। जनतामा चरम निरासा, आक्रोस र कुन्ठा पैदा भएको देखिन्छ। त्यसैले अब गहिराइ देखी नै सक्षम , क्षमतावान र  रास्ट्र बनाउन सक्ने  भिजन भएका ब्यक्तिको खोजी गर्नु पर्ने  बेला आएको छ।

आज ठुला रास्ट्रिय पार्टीलाई मात्र सिन्डिकेटबाट नै देस चलाइ रहन दिने कि नया बिकल्पको खोजी गर्ने भन्ने गम्भीर प्रस्न र चुनौती जनता सामु तेर्सिएर बसेको छ। बेलामा आफ्नो मतको सहि प्रयोग नगर्ने अनि भाबी दिनमा पस्चाताप मानेर यिनको सत्तोसराप गरि बस्नुको कुनै अर्थ रहदैन। रोप्ने बेलामा विष बृक्ष रोप्ने अनि अमृत दिने फलको आसा गरेर हाम्रो मनोकाङक्षा पूरा हुन सक्ला त?

त्यति बेला बीस दिने बृक्ष दोसि कि रोप्ने ब्यक्ति दोसि भन्ने प्रस्न तपाईं हामी सामु खडा हुन्छ। हामिलाइ चाहिएका योग्य , क्षमतावान र भिजन भएका ब्यक्ति स – साना पार्टी र स्वतन्त्र उम्मेदवारहरुमा पनि भेटिनसक्छन, त्यसैले राम्रोसग अध्ययन, सोचबिचार र छलफल गरेर मात्र आफ्नो मतको सहि प्रयोग गरौ। यसमा नै तपाई हामिको कल्याण छ ।

अब मङ्सिर चार गते आम नेपाली जनताहरुले पक्कै पनि नयाँ स्वाद चाख्नु पर्छ ।  एकचोटि परिक्षण भएका र अहिले फेरि उठेका उमेदवारहरुको काम पनि हामीले हेरिरहेको होइन  र कति आस गरेर बस्ने अझैसम्म  ?  सैद्धान्तिक  कुराहरू गर्ने धेरै आए अब व्यवहारिक मा लागु गर्ने नेताको  आवश्यक  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय