चैत्र ३, २०८०, काठमाण्डौ

Aankhijhyaal.com -आँखी झ्याल डट कम
महिला सरसफाईकर्मी, उनीहरुको पेशा र काम गर्ने कार्यस्थलको अवस्थाले महिलाहरुको सुरक्षा, स्वास्थ र उत्पादकत्वमा प्रभाव पार्ने गरेको कुरा आज यहाँ आयोजित एक सम्मेलनमा विभिन्न वक्ताहरुले बताए ।  कार्यस्थललाई स्वस्थ, सुरक्षित, व्यवस्थित एवं मर्यादित बनाउनु पर्ने भन्दै उक्त सम्मेलनमा १० बुदे काठमाण्डौ घोषणा पारित गरियो । सरसफाईमा संग्लग्न २०० महिला सरसफाईकर्मीहरु तथा एक दर्जन भन्दा बढी संस्थाहरुको सहभागिता रहेको उक्त सम्मेलनमा काठमाण्डौ महानगरपालिका वडा नम्बर ३२ का अध्यक्ष नवराज पराजुलीले महिला सुरक्षाकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको कुरा बताए । सरसफाईको क्षेत्रमा सरोकारवालाहरु संग सहकार्य गरी यस वडाले नमूना काम गर्न चाहेको कुरा उन्ले बताए ।   

 

सम्मेलनमा पेशागत स्वास्थ्य सुरक्षा विज्ञ रामशरण प्याकुरेल, जिफन्टका केन्द्रीय उपाध्यक्ष बिदुर कार्की, आइसीए नेपालका अध्यक्ष इशु सुब्बा, डोको रिसाइकलका भुवन चालिसे र काठमाण्डौ मोडेल हस्पिटलका राधिका घिमिरेले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरे । सबै वक्ताहरुले सफाईकर्मीहरुको आयस्तरमा सुधार ल्याउनु पर्ने, सामाजिक सुरक्षाको प्रत्याभूति गरिनु पर्ने,  प्रभावकारी नेतृत्व, व्यवस्थापन र सुशासन हुनु पर्ने आदि कुरामा जोड दिए । सरसफाइकर्मी माया कार्कीले सरसफाइको काम गर्दा सामाजिक सुरक्षा नभएको गुनासो गरिन । कामदारले उचित पारिश्रमिक पाउनु पर्ने र कामदारको अनिवार्य बिमा हुनुपर्नेमा उन्ले जोड दिइन ।

 

उक्त अवसरमा सरसफाइ कर्मचारीहरूको आवाज सुन्नको लागि, उचित व्यवहार सुनिश्चित गर्न, अधिकारको लागि लड्न, स्वास्थ र सुरक्षा अवस्था सुधार गर्न, वकालत गर्न ९ सदश्यीय महिला सरसफाइकर्मी एकता सञ्जालको गठन गरियो । आईसीए नेपालको संयोजनमा भएको यस सम्मेलनमा क्यानाडा स्थित स्टिलवर्कर मानवता कोष नामक संस्थाको सहयोग रहेको थिय

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय