जनता समाजवादी पार्टी (जसपा) भित्र विवाद चर्किरहेको बेला अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले आपत्ति जनाएका छन् ।

ठाकुरले एक विज्ञप्तिमार्फत पार्टीले कुनै आधिकारिक बैठक नबोलाइएको भन्दै यसबारे आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजै दिनको १ बजेबाट पार्टी कार्यालयमा जारी रहेको भनि विभिन्न सञ्चारमाध्यमबाट एवम् सामाजिक सञ्जालबाट सूचना एवम् समाचारहरु सम्प्रेषित भैरहेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यसो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय