एकै दिनमा १२ सय भन्दा बढि नागरिकले लिए सुबिधा 
पर्वत र बागलुङ जिल्लालाई लक्षित गरेर लायन्स क्लव अफ काठमाडौँ देउराली दियालोले फलेवास नगरपालिका–५ खानीगाउँमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । शनिवार भएको शिविरमा १ हजार दुई सय ५० जना भन्दा बढिले सेवा लिएका छन् ।
दुर्गम भेगमा बसोबास गरिरहेका र स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थासम्म जान नसक्ने अवस्थाका बिरामीलाई गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउन शिविर सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरका कार्यक्रम संयोजक कृष्ण सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सबै खालका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइएको छ ।उपचारको लागि गुणस्तरीय स्वास्थ्य संस्थाको पहुँच पुग्न नसकेर लामो समयदेखि रोगले थलिएर बसेका गरिव विपन्न वर्गलाई निशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको  शिविरका कार्यक्रम संयोजक सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय