पर्वत :  फलेवास नगरपालिका वडा नं ५ खानीगाउँको रहेको धुलिखेल अस्पताल फलेवास हेल्थ सेन्टरमा आजदेखि निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । आज र भोली अस्पताल परिसरमा विशेषज्ञ डाक्टरहरूद्वारा विरामिहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिने शिविर संयोजक कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभएको छ । लायन्स क्लव अफ काठमाण्डौ देउराली दियोको आयोजनामा शिविर सञ्चालन गरिएको बताईएको छ ।

शिविरको आज बिहान ८ः३० बजे फुलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले उद्घाटन गर्नुभएको छ । शिविरमा विशेषज्ञ डाक्टरहरूद्वारा पेट, छाति, मुटु, मधुमेह, हाडजोर्नी, दन्त परीक्षण, आँखाको चेकजाँच संगै महिलाहरूको लागि पनि निशुल्क स्त्री रोग विशेषज्ञहरुद्धारा स्वास्थ्य परीक्षण गराउन सकिने छ, भने शिविरबाटै निशुल्क औषधि प्रदान, निशुल्क चस्मा वितरण गरीनुका साथै अप्रेसन थप उपचारको लागि काठमाडौँ तथा पोखरा लगेर उपचार गराउनुपर्ने विरामिहरुको लागि समेत व्यवस्था रहको आयोजकले जनाएको छ । शिविरको पहिलो दिन आज १२५० जना विरामिहरुको स्वास्थ्य परीक्षण गराएको छ जसमध्ये नसा तथा हड्डि सम्बन्धिका ३५० जना, मुटु, पेट, छाति, सुगर, प्रेसरका गरी ४५० जना, आँखाको समस्या २५० जना, स्त्री तथा प्रसुति सम्बन्धि समस्या भएका १५० जना, र दाँतको समस्या भएका १०० जना विरामिहरुको स्वस्थ्य परीक्षण गरीएकोक अस्पताल स्रोतले जनाएको छ शिविरको दोस्रो दिन भोलि करीब १५०० जना विरामिहरुले स्वास्थ्य परीक्षण गराउने अनुमान गरीएको छ ।

आफ्नै गाउँठाउँमा विशेषज्ञ सेवासहितको शिविर सञ्चालन भएकोमा विरामिहरुले खुसि व्यक्त गरेका थिए । शिविरबाट उपलब्ध सम्पुर्ण सेवासुविधाहरु निशुल्क हुने बताईएको छ । पनि निशुल्क स्त्री रोग विशेषज्ञहरुद्धारा स्वास्थ्य परीक्षण गराउन सकिने छ, भने शिविरबाटै निशुल्क औषधि प्रदान, निशुल्क चस्मा वितरण गरीनुका साथै अप्रेसन थप उपचारको लागि काठमाडौ तथा पोखरा लगेर उपचार गराउनुपर्ने विरामिहरुको लागि समेत व्यवस्था रहको आयोजकले जनाएको छ ।

 

शिविरको पहिलो दिन आज १२५० जना विरामिहरुको स्वस्थ्य परीक्षण गराएको छ जसमध्ये नसा तथा हड्डि सम्बन्धिका ३५० जना, मुटु, पेट, छाति, सुगर, प्रेसरका गरी ४५० जना, आँखाको समस्या २५० जना, स्त्री तथा प्रसुति सम्बन्धि समस्या भएका १५० जना, र दाँतको समस्या भएका १०० जना विरामिहरुको स्वास्थ्य परीक्षण गरीएकोक अस्पताल स्रोतले जनाएको छ शिविरको दोस्रो दिन भोलि करीब १५०० जना विरामिहरुले स्वास्थ्य परीक्षण गराउने अनुमान गरीएको छ । आफ्नै गाउँठाउँमा विशेषज्ञ सेवासहितको शिविर सञ्चालन भएकोमा विरामिहरुले खुसी व्यक्त गरेका थिए । शिविरबाट उपलब्ध सम्पूर्ण सेवासुविधा निशुल्क हुने  छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय