Aankhijhyaal.com -आँखी झ्याल डट कम,

 

प्यारो छोरी

रुयासालाई शुभआशिवार्द

छोरी रुयासालाई सदा आरामको कामना सहित लामो समयसम्म लेख्न नपाएको पत्रलाई पुन अर्को श्रृङखलामा किताब प्रति मोह बढावा  र अभिवृद्धि दिने हिसावले चिठी सरासर सिधा रुपमा लेख्न गई रहेको छु । हुन त यस भन्दा अगाडिका थुप्रै पत्रहरुमा समेत शिक्षा, अध्ययन, किताबका बारेमा नै पत्रहरु अभिभावकत्व प्रदान गर्दै लेखेको र पत्रपत्रिकाहरुमा प्रकाशित गरेको थिए । त्यसका साथै थप जीवनका भोगाईलाई आत्मसात गर्नका लागि थप अगाडी बढने विषयमा केन्द्रित भै ज्ञानको भण्डारलाई सदा स्थायी रुपमा अबलम्बन गर्दै दिगो तरिकाले लेख्ने प्रयास भएको छ । पुनः एक पटक विगतमा लेखिएको पत्रहरुलाई ओल्टाइ पल्टाइ अनिवार्य रुपमा अध्ययन गर्नका लागि सुझाव दिदै ति पत्रमा उल्लेख भएका सुझाव र सल्लाहलाई अनुशरण गरेर अब्बल दर्जाको नागरिक बन्नका लागी प्रेरणा मिलोस भन्न चाहान्छु  ।

छोरी रुयासालाई नयाँ र नौलो किताब अध्ययन र पढने बानीले निरन्तरता पाएमा सही र सत्यको विश्लेषण गर्नमा सहायता प्रदान गर्दछ । बेरोजगारको बढदो युगमा रोजगारको लागि प्रतिस्पर्धामा अगाडी वढनको लागि आफुलाई योग्य छु भनी सकारात्मक सोच बढाई अगाडी बढनको लागि किताबले प्रेरणा दिन्छ । किताब अध्ययन गर्ने शिलशिलाले थप नयाँ कुरा सिकाउँछ र नौलो वातावरणमा अनुकुल हुनमा अग्रमी रुपमा किताबका पानाहरुका उल्लेखित अक्षरहरुको समग्र प्रस्फुटिस हुने गरि किताबले शक्ति दिलाउँछ । किताबले दिने ज्ञानमा बच्चा,युवा,किशोर,वृद्धाहरु भन्ने उमेर समुहको फरकपन हुदैन । सबै उमेर समुहका लागि उचित र न्यायोचित वातावरण दिलाउनमा पुस्तकले सहयोग गर्दछ । मानिसमा परिपक्ता दिलाउन र आफनो योग्यता,उमेर भन्दा बढी क्षमताको भारी बोक्न तथा क्षमता विकास गरी बहन गर्नको लागि किताब अध्ययनबाट प्राप्त शक्तिले दिएको हुन्छ । दिन भरको दैनिक कामको थकानबाट बेलुका सुत्नु भन्दा अगाडि अनिद्रा लागेको समयमा पुस्तक अध्ययन गर्ने  बानीको विकास गरेमा निद्रा लाग्नको लागि सहायता सामाग्री बन्छ । किताव भित्रका सन्दर्भहरुको जानकारीले प्रेरणाको श्रोत प्राप्त हुन्छ । सोचाइमा हुने अन्योलता र विग्रहबाट अलग राखी निखारता ल्याउन किताबले आधार प्रदान गर्छ । भाषालाई बढी गहन र व्यवहारिक बनाउनका लागि किताबमा भएका शब्द समायोजनले व्याकरणको जानकारी भै अध्ययनकर्ताको शब्द भण्डारमा अभिवृद्धि जगाउँछ ।

छोरी रुयासामा किताब पढने बानीको विकासले मानिसमा आत्मविश्वास क्रमश बढदै जान्छ । मानिस भित्र भएको क्षमता प्रस्फुटन गराउन र नयाँ तथा नौलो कामकाज निरन्तर रुपमा गर्नका लागि प्रेरणा किताबले दिन्छ । दान दिने हातहरुलाई अझ विस्तार र फैलावट गरी दिने हातहरु अझ फैलाउनका लागि अग्रसर बनाउन बाटो देखाउँछ । चलचित्र हेर्दा देखिने बहुरुपी चित्रहरु भन्दा अझ बढी धेरै कुरा सिकाउने र खुल्ला समाजमा बिकाउने र टिकाउने उदायीमान चम्किलो जनशक्ति बनाउनमा किताबले सहायता दिएको हुन्छ । इतिहासका कुरा दिवगतका योगदान, बुद्धि,शिप,कला,साहित्यबाट सिक्नका लागि किताबमा लेखिएका शब्दका शिलशिलेबार सयोजनले सिकाउँछ । नयाँ नयाँ पुस्तक र किताब अध्ययन गर्ने बानीले मानिसलाई नयाँ र नौलो परिघटनाको अवगत हुदाँ आश्चर्य चकित समेत तुल्याउँछ । हामीमा भएको एकल संस्कृतीको ज्ञान र शिक्षालाई विभिन्न पुस्तकहरुको अध्ययन र मननले विविधतायुक्त संस्कृतिहरुलाई चिनाउन र थप अध्ययन गर्ने मार्ग प्रशस्त गर्नमा मद्धत गर्छ । ज्ञानको भोक असिमित हुनाले भोकलाई भोजन दिलाई तृप्त बनाउने तरिका पुस्तक अध्ययनले नै हो । मानिस वेफुर्सदी भएमा खाली दिमाग सैतानको घर भने जस्तै अपराधकरणको भारी बन्छ भन्ने सोचले ग्रस्त भएको अवस्थामा नयाँ पुस्तक पढेमा मानिस व्यस्त हुन पुगी नयाँ ज्ञान प्राप्तीले सुखानुभुति प्राप्त गरेको हुन्छ । मानिस सधै सम्मान र सम्पत्तिको भोको हुन्छ ।सम्पत्तिकमाउनधनीमानिसहरु समेत दैनिकनयाँनयाँ पुस्तकनिरन्तर अध्ययन गरेका हुन्छन् । यदि धेरै पुस्तक पढी ज्ञानले भरिपुर्ण भएमा मानिसमा आत्म सम्मान र आत्मनिर्भर हुनमा सहायता प्रदान गर्दछ । मानिसमा सधै एकनासको समय व्यवस्थापन भएमा नैराश्यता, दिग्दार, एकोहोरोपनाको विकास हुन्छ । त्यसैले हामीलाई मनोरञ्जन समेत दैनिक जिवनमा आवश्यकता पर्छ । पुस्तक अध्ययनले मनोरञ्जन दिलाउदै दिमागलाई सक्रिय पार्छ । पुस्तक पढने बानीले व्यक्तित्व विकास गर्नमा सहायता दिदै सुचना र प्रविधिको युगमा बढदो विकासको गतिलाई पछाउँदै अनुकुलन हुनको लागि सहयोग गर्छ ।

छोरी रुयासाको किताब पढने बानीको विकासले बहस, छलफल, अन्र्तक्रियामा सहभागी हुनका लागि केही आधारभुत तरिका, ज्ञान, शिप,कला कौशल प्रदान गर्छ । असल र खरावका विषयवस्तुहरु सिक्दै जाने परिपाटीहरु मध्ये असल अनुभवको पक्षपोषण गर्नमा लगाव र बढावा दिदै खराब सोच र प्रवृत्तिलाई तिलाञ्जली दिनमा कारण र औचित्य दिन्छ । नयाँ नयाँ व्यक्तिहरुसँग चिनजान र भेटघाट गराउनमा सहयोग मिल्छ । दैनिक प्रयोगमा आउने भाषामा मिठास भर्दै सुन्दरता र मिठासपुर्ण भाषा शैली विकास र विस्तार गरी शब्दसँगको शक्तिमा खेल्ने कलाको विकास गर्नमा आधार प्रदान गर्दछ । हामी भित्र रहेको अन्र्तनिहित साँघुरो विचारमा किताब अध्ययनले विस्तार र विस्तृतीकरण गरी विविधतायुक्त विचार निर्माणमा अभिवृद्धि गर्दछ । किनभने विभिन्न प्रकारका कथा,सन्र्दभ, परिघटनाहरुको जानकारी किताब अध्ययनबाट हुने भएकोले अनभिज्ञ र निरक्षरहरुका लागि रोचक र नौलो शैलीमा कथा सुनाउन सक्ने सक्षम र व्यक्तित्व विकास गर्नमा सहायता गर्छ । मानिसमा सुचना र प्रविधिको विकासले संसारलाई अध्ययन गर्ने सजिलो र विश्व अध्ययन गर्ने विभिन्न माध्यम सर्वसुलभ बनेको छ । विश्वले कसरी विभिन्न गतिविधिहरु चलाएको छ सो को बारेमा हेर्ने र विश्वबाट सिक्नको लागि किताबले अतुलनीय सहायता दिन्छ । कल्पना अमुर्त क्षमता हो । कल्पना सुन्दर हुने भ्रम भएपनि कहिलेकाँही दुख र पिडादायी सपना रुपी कल्पना समेत हुन्छ । सो कल्पनालाई अझ प्रभावकारी र मुर्त बनाउनमा सहायता प्रदान गरी स्थायी सारथी बन्ने काम किताब अध्ययनले प्रदान गर्छ । सम्झना शक्ति बढाउदै अपुर्ण र अनुत्तरीत सवालका बारेमा निर्धक्क इमान्दारीपुर्वक जिज्ञासा राख्न सक्ने बनाउँछ किताव अध्ययनले ।

छोरी रुयासाको नेपाली भाषामा मात्र ज्ञान छ । पछि हिन्दी भाषा र नेपाली भाषामा समेत दख्खल हासिल गर्नुपर्ने अपरिहार्य आवश्यकता बनेको छ  । किताब अध्ययनले नमिलेका र नबुझीने कथाहरुलाई शिलशिलाबद्ध तरिकाले मिलाएर रोचक र रुचीकर हिसाबले भन्नका लागि शिपालु बनाउछँ । नयाँ र नौलो परिवेशमा ज्ञानबद्र्धक र औचित्यपुर्ण तरिकाले बोल्नका लागि प्रशस्त मात्रामा विषयहरु र सन्दर्भ सहित उत्प्रेरणा पुस्तकले दिन्छ । पुस्तकलाई ठुलो स्वरमा पढ्न मिलाई मित्रहरुसँग समेत प्रतिस्पर्धा तरिकाले अगाडी बढन समेत प्ररेणा मिल्छ । पढन्लाई बजारमा धेरै पुस्तक उपलब्ध हुने भएकाले ति पुस्तकहरु आफुले आफनो रुचि, सोच, लक्ष्य, शैलीका कारण छानी छानी पढ्न सक्ने क्षमता र जाँगर छोरी रुयासाले गर्नुपर्दछ । किताब नपाइने भन्ने हुदैन । खोजी गर्ने र सोध खोज गर्ने बानीमा फराकिलो दायरा बनाउनु पर्यो । दैनिक जति मात्रामा सामाजिक सञ्जालमा समय खर्च भै रहेको हुन्छ । हामीले जुन तरिकाले सुचना लिई रहेको भएतापनि कहिंकतै प्रस्तुती दिदा सतही विषयवस्तु मात्रा जानकारी हुन्छ । भित्री पाटाका विषयवस्तुहरु बारेमा वर्णनात्मक क्षमता सामाजिक सञ्जालको अध्ययनले दिदैन । त्यसैले गहिरो अध्ययन र बुझाइमा परिपक्कता हासिल गर्नका लागि पुस्तक अध्ययन गर्ने बाहेक अर्को विकल्प छैन ।

छोरी रुयासालाई आफुले अध्ययन गर्र्ने धवलागिरी बहुमुखी क्याम्पस बागलुङको पुस्तकालयको भरपुर्ण तरिकाले प्रयोग गर्नमा चुक्नुहुदैन । अझै समय व्यवस्थापन गर्न सकिन्छ भने विद्यामन्दिर पुस्तकालय, बागलुङको कक्षमा नियमित गै पठन सस्कृतिलाई निरन्तर रुपमा जिवनको लक्ष्य र उद्धेश्य हासिल गर्नमा पुस्तकालयलाई उपयोगमा लगाउन सकिन्छ । अव छोरी रुयासाको आम्दानीले नै स्वयं विद्यामन्दिर पुस्तकालयमा गै आजीवन सदस्य बन्नका लागि ढिला गर्न हुदैन । यदि जाँगर चल्छ भने बजारमा उपलब्ध थुप्रै पुस्तकहरु खरिद गरी स्वअध्ययन गर्ने बानी विकास गर्ने आगामी दिनमा बनाउनु नै मेरो लक्ष्य हो । नोकरीको लागि प्रतिस्पर्धामा खरो उर्तनका लागि सन्दर्भ सामाग्रीहरु अध्ययन गर्ने चुनौती त छदैछ । उच्चतम खालको नोकरी खाने योजना मुताविक सफलता हासिल गर्नका लागि पढनु पर्ने पुस्तक अध्ययन गर्दागर्दै ज्ञानको दायरालाई फराकिलो  बनाउने विचारले स्वअध्ययन गर्ने बानी विकास गर्नमा निरन्तर लाग्नुको विकल्प छैन । जसले पाठयपुस्तक बाहेक अन्य बाह्य पुस्तक पढ्ने बानीमा परेको हुन्छ । उसले सफलता हासिल गर्नमा सक्छ । उसमा आत्मविश्वास बढी मात्रामा बढेको हुन्छ भन्दै आगामी दिनमा थप अर्को पटक पत्र लेख्ने प्रयास गर्ने छु । पत्र सुरु देखि अन्त्यसम्म अध्ययन गरी सकारात्मक तथा सुधार गर्नुपर्ने  पक्षहरुमा सुझाव पाउने आशामा छु । मलाई थप लेख, पत्र, आलेख, कविता र नियात्रा सहित यात्रा संस्सरमण लेख्न प्ररेणा प्रदान गर्ने भनेको सुझाव, राय, प्रतिक्रियाहरु नै हुन् । यो पत्र पढने जुनसुकै मानिसहरुले केही मात्रामा भएपनि सकारात्मक शिक्षा लिनु हुने नै छ । छोरी रुयासा जस्तै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको लागि भने बढी मात्रामा सहयोग पुग्ने छ भन्दै अर्को आलेख वा चिठीमा भेट हुने बाचा र विश्वास लिदै पत्रबाट विदा लिनु चाहान्छु ।

 

उही बाबा

याम बहादुर थापा मगर

बागलुङ नगरपालिका वडा नं. १० भकुण्डे,

धौलेचउर, बागलुङ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय