काठमाडौं । प्रधानमन्त्री कप महिला क्रिकेटमा सशस्त्र प्रहरी बल-एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ । एपीएफले शुक्रबार भएको खेलमा मधेश प्रदेशलाई १० विकेटले हरायो । पहिला ब्याटिङ गरेको मधेश प्रदेशलाई ४० रनमा समेट्दै एपीएफले जितको आधार बलियो बनाएको थियो ।

मधेश प्रदेशले १९.२ ओभरमा सबै विकेट गुमाएर ४० रन मात्र जोड्न सक्यो । उसका ५ जना ब्याटरले खाता खोल्न सकेनन् । प्रतिमा शाहले १५ रन जोड्नुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । एपीएफकी सिता रानामगरले ३ तथा रेखा रावल र सुमन विष्टले २/२ विकेट लिए ।

एपीएफले झिनो लक्ष्य ५.५ ओभरमा पुरा गर्यो । उसका सिता रानामगरले १९ र ज्योती पान्डेले १६ रन बनाए । प्रतियोगितामा २ खेलपछि एपीएफ र कोशी प्रदेशको ४/४ अंक छ । सुदूरपश्चिम प्रदेश, गन्डकी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशले २/२ अंक जोडेका छन् । मधेश र कर्णाली प्रदेशले लगातार दोस्रो हार ब्यहोरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय