Aankhijhyaal.com -आँखी झ्याल डट कम

पर्वत : पर्वतको बिहादी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि थप ४६ करोड ९ लाख २८ हजार रुपैयाँ बजेट बिनियोजन भएकोमा प्रत्येक वडामा १२ लाख रुपैयाँका दरले र वडा नम्वर ५ मा सडक बोर्ड नेपालबाट संचालित आयोजनाका लागि ९ लाख थप गरी थप ८१ लाख रकम बिनियोजन गरेको छ । गाउँपालिकाको सभाहलमा भएको १४ औँ गाउँसभा तथा हिउँदे अधिवेशनमा उपाध्याक्ष मिना शर्मा तिवारीले गरेको प्रस्ताव सभाले पारित गरेको छ । साथै उपाध्याक्ष तिवारीले चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्मको राजश्व प्रगतीको अवस्थाको वारेमा जानकारी गराउनु भएको थियो । उहाँले नेपालको संविधान जारी भएपछि स्थानीय तहको दोस्रो निर्वाचनबाट स्थानीय सरकारको स्वरुपमा जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले बिताएको करिव दुई बर्षको कार्यकालमा बिहादी गाउँपालिकाको समग्र विकास निर्माण र जनमैत्री सेवा प्रवाहमा उदाहरणिय काम गरेको दावी गर्नुभयो ।

गाउँपालिकाका अध्यक्ष परविन गुरुङले नीति तथा कार्यक्रमको समिक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन पेश गदै अध्यक्ष गुरुङले पुर्वाधार निर्माण, शिक्षा, खानेपानी, स्वास्थ्य र कृषिमा गाउँपालिकामा धेरै राम्रा कामको थालनी गरेको बताउनु भयो । उहाँले आर्थिक विकास तर्फ प्रत्येक वडा भित्र अर्गानिक कृषि खेती तथा मौसमी तरकारी खेतीको आवश्यक सहजिकरयाको लागि कार्यविधि बनाई बिहादीका ९४ जना कृषकलाई हाईटेक टनेल वितरण कार्यक्रम संचालन गरेको, तरकारी उपकरणमा अनुदान कार्यक्रम, ५० प्रतिशत अनुदानमा गहुँको बिउ खरिद गरि कृषक समक्ष वितरण गरेको, ७५ प्रतिशतमा मौरी घर खरिद कार्यक्रम, ५० प्रतिशत अनुदानमा मिनिटिलर, ५० प्रतिशत अनुदानमा कुटानी पिसानी मिल र भकारो सुधार कार्यक्रमलाई प्रभावकारी रुपमा निरन्तरता दिएको बताउनु भयो । उहाँले स्थानीय सरकारको साझेदारी, बाँझो रहन्न खेतवारी, एक वडा एक पशु तथा कृषि प्राविधिक र एक वडा एक आ.पि.एस कार्यक्रम जस्ता महत्वपूर्ण कार्यक्रम संचालन गरेको बताउनु भयो ।

सामजिक विकास तर्फ बृहत निःशुल्क विशेषज्ञ सहितको स्वास्थ्य शिविर, वहाकीठाँटी स्वास्थ्य चौकीमा आँखा सेवा केन्द्र निर्माण,स्वास्थ बिमा निती कार्यान्वयन, औषधिहरुको आपुर्ति बाह्रै महिना प्रसुती सेवा, मृटु, मृगौला र क्यान्सर जस्ता रोग लागेका बृद्ध तथा विपन्न वर्गका नागरिकलाई स्वास्थ्य उपचारका लागि आवश्यक सहयोग, स्वास्थ्यकर्मीको मनोवल बढाउन तालिम, महिला स्वास्थ्य स्वयंमसेविकाहरुको आत्मसम्मान तथा सम्मान, सुनौला हजार दिनका आमा, पाँच बर्षमुनिका बालबालिका र किशोरीहरुको पोषण सुधारका योजनालाई विस्तृत बनाउँदै पोषण प्रोत्साहन कार्यक्रमलाई निरन्तरता, खोप कार्यक्रम प्रभावकारी, महिलाहरुका लागि पाठेघरको मुखको क्यान्सर सम्बन्धी शिविर, विद्यालय स्तरमा विद्यार्थीको स्वास्थ्य चेतना अभिवृद्धि गर्न कार्यक्रम, किशोरीहरुको लागि निशुल्क सेनेटरी प्याड र विद्यालयको शैक्षिक सुधारका लागि विज्ञ समुह गठन जस्ता कार्य गदै आएको जानकारी दिनुभयो ।

गाउँपालिकाले फ्राईडे फर फ्युचर विद्यालय कार्यक्रम साथै राष्ट्रपति रनिङ शिल्ड कार्यक्रम, निःशुल्क लोक सेवा तथा शिक्षक सेवा आयोगका कक्षा संचालन, विद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्नुका साथै राजनीतिक दलका विद्यार्थी संगठनलाई विदालय समयमा विद्यालय भित्र संगठन विस्तार गर्न नदिने निति लिएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको नतिजामा कम्तीमा ५५ प्रतिशत विद्यार्थी उत्तिर्ण हुनुपर्ने यदि नभएमा विषयगत शिक्षकको आन्तरीक सरुवा, क्याम्पस र प्राविधिक व्यवसायिक क्याम्पसलाई अनुदान, वडा वडामा शिक्षक, अभिभावक, विद्यार्थी, राजनीती दल र सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम गदै आएको छ । पालिकाले जेष्ठ नागरिक सेवा कार्यक्रम, अपाङ्गता÷अशक्त सहायता कार्यक्रमलाई निरन्तरता दिएको छ । खेल्छ बिहादी कार्यक्रम अन्तरगत अध्यक्षकप बिहादी कार्यक्रम शुरु गरेको छ ।
पुर्वाधार विकास तर्फ पालिकाका सबै घरपरिवारलाई आधारभुतस्तरको खोनेपानी सेवा पु¥याउन एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिँदै वडा नं. २,३,४ र ६ मा खानेपानी आयोजनाको मर्मत सम्भार कार्य तिव्रता दिएको छ । सिँचाईका लागि बर्राचौर, रानीपानी र वहाकीठाँटीमा डिप बोरिङको सम्भाव्यता अध्ययन गरिएको छ । नदिजन्य पदार्थको उत्खनन, संकलन र विक्री कार्यलाई कानुनअनुसार व्यवस्थित गरिएको छ । वडागत योजना मध्ये ६५ प्रतिशत योजना सम्झौता र ४६ योजना परफारक भएको छ । विभिन्न सडक, औद्योगिक ग्राम र विहादी २ को काम ठेक्का प्रकृया मार्फत संचालित छन् ।पालिकाले खोज, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउँदै खरका छानालाई विस्थापित कार्यलाई निरन्तरता दिएको छ ।

सुशासन तथा संस्थागत विकास तर्फ लैङ्गिक समानता तथा समावेशिकरण, लागु औषध दुव्र्यसन तथा ओसारपोसार, घरेलु हिसां, जातिय भेदभाव तथा छुवाछुत र आत्महत्या दुरुत्साहनका घटना न्युनिकरण र नियन्तरणका लागि पहल थालिएको छ । श्रमजिवी पत्रकार तथा संचारमाध्यमलाई पोत्साहन, पदाधिकारी तथा कर्मचारीको क्षमता अभिबृद्धि र्ग तालिम, स्थलगत भ्रमण तथा अन्तरक्रिया, वैदेशिक रोजगारीमा जाने व्यक्तिको पुन ः श्रम स्वीकृति र वैदेशिक रोजगारीमा गएका व्यक्तिको समस्या तथा गुनासो व्यवस्थापन गर्न वैदेशिक रोजगार बोर्डसँग समन्वय र वैदेशिक रोजगारीमा गएका कामदारको बिरामी परिवारका सदस्यलाई स्वास्थ्य उपचार खर्च वापतको आर्थिक सहायता प्रदान गरिएको छ ।

गाउँपालिकाले जनताको चासो, गुनासो र अपेक्षालाई सम्बोधन गर्न जनतासँग गाउँपालिका अध्यक्ष कार्यक्रम संचालन गरेको छ । पालिकाले मिहिनेति कृषक, जेहनदार विद्यार्थी, जिम्मेवार शिक्षक, ईमान्दार कर्मचारी, विशुद्ध जनसेवकलाई सम्मान गदै आएको छ । अध्यक्ष गुरुङले आर्थिक वर्ष २०८०/०८१ मा चालु खर्च मध्येको ४२.०३ र पुजिँगत खर्च मध्ये २२.६८ प्रतिशत खर्च गरेको जानकारी दिनुभयो । उहाँले समग्रमा स्वास्थ्य सेवामा स्वास्थ्य विमा, बृहत स्वास्थ्य शिविर, आँखा शिविर, विकास अनुकुल पूर्वाधार, बृद्ध नागरिकको सेवा– सामजिक सुरक्षा पहुँचमा सहजिकरणका साथै कृषिमा तालिम यन्त्रका साथ बिउबिजन, पशुपालनमा औषधिका साथ अनुदान, पूर्वाधारमा विवेकी, श्रमिकसँग हातेमालो लगायत सिप विकासको अवधारणा, खेलाडीसँग पहिचान, विद्यार्थीलाई प्रोत्साहन, संघ र प्रदेशबिच सहकार्य गदै बिहादी गाउँपालिकाले दिर्घकालिन समुन्नत बिहादी, सम्मानीत बिहादीबासीको संकल्पतर्फ उन्मुख भएको बताउनु भयो ।

आर्थिक सामजिक विकास, सार्वजानिक सेवा प्रवाह, पुर्वाधार विकास, वातावरण संरक्षण र सुशासनका व्यवस्थापकिय माध्यमबाट सबल, सुन्दर र समुन्नत बिहादीको निर्माण गर्न लगायत पालिकालाई जनअपेक्षा अनुरुप विकासका चाहाना पुरा गर्न, स्थानीय सरकार र स्थानीयवासी बीचको सुमधुर सम्बन्ध कायम गर्ने आधुनिक प्रविधि र मौलिक पहिचानको सम्मिश्रणबाट समुन्नत बिहादी बनाउने दृढ संकल्पबाट अविचलित नै रहने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,‘शिक्षालाई–गुणस्तर, स्वास्थ्यलाई पहुँच, कृषकलाई उत्पादन, उत्पादनलाई बजार, पशुपालनमा–अनुदान, श्रमिकलाई–रोजगार स्वरोजगार बन्न सिप दिदै शिक्षकलाई जिम्मेवार, कर्मचारीलाई पारदर्शी, जनतालाई प्रभावकारी सेवा दिई यो स्थानिय सरकारलाई उत्तरदायी र जवाफदेही बनाई सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माणतर्फ उन्मुख रही निती, कार्यक्रम र बजेट कार्यवन्यन गरिरहेका छौ, यस अभियानमा सहयोग पुर्याउन हुन सम्पूर्ण वुद्धिजीवी एवम् प्रवुद्ध वर्गमा हार्दिक अपिल गर्दछु ।,’
प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भुषालले चालु आर्थिक वर्षको हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय