आँखीझ्याल :पहिले पहिले पुण्य कमाउनका लागि सामाजिक काम गर्न पाटीपौवा, ठाँटी र चौतारीहरू निर्माण गर्ने चलन थियो ।

वातारणीय दृष्टिकोणले राम्रो, ढुङ्गाको छानो, ढुङ्गा र माटोको गारो तथा काठहरु प्रयोग गरिएका पाटीपौवा र ठाँटीहरू पछिल्लो समय संरक्षणको अभावमा लोप हुँदै गएका छन् । धार्मिक भावना भएका केही व्यक्तिहरु सिमेन्ट, फलाम र टिनको प्रयोग गरेर बनाउने गरेको भए पनि त्यसले पनि परम्परागत ठाँटीहरूको भने अभाव मेट्न सकेका छैनन् ।

पहिले पहिले पुण्य कमाउनका लागि सामाजिक काम गर्न पाटीपौवा, ठाँटी र चौतारीहरू निर्माण गर्ने चलन थियो । पहिले हरेक गाउँ र बस्तीका बाटोघाटोको छेउमा पाटीपौवा हुने गरेको भए पनि हाल सडक बिस्तारले समेत कतिपय पाटी पौवा भत्काउने गरेको छ ।

ठाँटीहरू बटुवाले बास बस्ने एवं मेला भरेर आएका किसानहरूले समेत थकाइ मार्ने ठाउँ हो । असिना, पानी परेको बेला यात्रुलाई ओत लाग्न, धार्मिक तथा सामाजिक कार्यमा सहज होस् भन्ने उद्देश्यले यस्ता संरचनाहरूको निर्माण गरिन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय