आँखीझ्याल खबर , पर्वत :

जिल्लाका २ वटा खोलाहरुमा यसै बर्ष थप २ वटा मोटरेवल पुल निर्माण हुने भएका छन् । पूर्वाधार विकास कार्यालय मार्फत पैयूको छत्तिसेघाट र मोदीको लिदीखोलामा मोटरेवल पुल निर्माण हुन लागेको हुन ।

मोदीको तिलाहार स्थित डिमुवा राम्जा सडक खण्डको लिदिखोलामा पुल निर्माण हुन लागेको छ । कुल १५ मिटर लामो उक्त पुल एमएस कस्तुरी कन्ट्रक्सनले बनाउन लागेको हो । पुलको निर्माण कार्य शुरु भएको प्राविधिक कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले जानकार दिए ।

पुल निर्माणको लागि निर्माण कम्पनीसंग कुल २ करोड ५३ लाख ३९ हजार ३ सय ४७ रुपैंयामा ठेक्का सम्झौता भएको छ । पुल निर्माण नहुँदा उक्त स्थानमा यात्राको लागि स्थानीयलाई असहज भएको थियो ।

यसैगरी पैयूको सरौ बालाकोट सडक खण्डमा पर्ने छत्तिसघाटमा पुल निर्माण हुन लागेको हो । कुल २५ मिटर लामो हुने उक्त पुल पनि एमएस कस्तुरी कन्ट्रक्सनले बनाउन लागेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

उक्त पुलको निर्माण कार्य पनि केहि दिनमा शुरु हुनेछ । दुवै पुलको निर्माण कार्य आगामी बर्षात अघि नै सक्ने गरी काम भईरहेको निर्माण कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय