आँखीझ्याल,पर्वत: एथलेटिक्स म्याराथन दौडमा पर्वत जिल्ला फलेवास नगरपालिका वडा नं. २ थापाठानाका अनिशले जिते स्वर्ण जितेका छन् । राष्ट्रिय खेलकुदको इतिहासमा म्याराथनमा गण्डकीले स्वर्ण पदक जितेको यो पहिलो रेकर्ड हो ।
उनी हाल इण्डियन आर्मीमा कार्यरत रहेका छन् । उनले म्याराथन ४२.१९५ किलोमिटर २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । म्याराथन प्रतियोगितामा १८ जना सहभागी थिए ।
त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले २ घन्टा २३ मिनेट १४ सेकेन्डमा दुरी पूरा गर्दै रजत पदक हासिल गरेका हुन् ।त्यस्तै  सशस्त्र प्रहरी बल एपीएफका सन्तोषविक्रम विष्टले २ घन्टा ३० मिनेट ५४ ले दुरी पूरा गर्दै कास्य पदक हासिल गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय