पर्वत : फलेवास नगरपालिका देवीस्थान मा रहेको सुर्योदय युवा क्लव मिती २०७९ मंशिर १९ गते बसेको वैठकको निर्णय अनुसार खेल खेलाडीका लागि, खेलाडी राष्ट्रका लागि नारा सहित विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता भोलि मङ्सिर २१ गते देखि २४ गतेसम्म हुने भएको छ ।  खेलमा १५ देखि २० समुह फोनबाट दर्ता भएको जानकारी खेल संयोजक प्रज्वल शर्माले जानकारी दिदै भलिबल खेलमा
वडा भन्दा बाहिरको एक जना खेलाडी समावेश गरिने नियमलाई संसोधन गरि दुई जना राख्न पाउने भन्दै सम्पूर्ण क्लव तथा खेलाडी साथीहरुलाई जानाकारी रहेको बताउनु भयो । भलिबल खेलमा प्रथम पुरस्कार :- रु. ५५,०००
द्वितीय पुरस्कार रु.३०,००० तृतीय पुरस्कार रु. १५,००० साथमा ट्रफी, मेडल र प्रमाण पत्र टीम दर्ता शुल्क ४५००० रहेको छ । भने प्रज्वल शर्मा खेल संयोजक र क्लब अध्यक्ष किशोर क्षेत्री रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय