महेश भुसाल ,पर्वत : फलेवास नगरपालिका वडा नं ५ खानीगाउँ मोति सामुदायिक पुस्तकालयमा रोटरी क्लब अफ रुद्रमतिको सहयोग र पुस्तकालयको व्यवस्थापनमा ३ दिने तालिम उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । तालिमको उद्घाटनमा आइतबार महिला सहभागी १९ जना साथै विभिन्न निकायका पदाधिकारीहरूको सहभागितामा समापन्न भएको हो । विगत लामो समयदेखि सिलाइकटाइको तालिममा आवद्ध भईरहेका १९ जना महिलाहरूलाई तालिम प्रदान गरिने वरिष्ठ लाइब्रेरियन इन्द्र प्रसाद सापकोटाले बताउनुभएको छ ।

 

महिला उद्यमीहरू मध्यनजर गर्दै सञ्चालन गरिने तालिम अबको ३ दिनसम्म चल्ने उल्लेख गरिएको छ । कार्यक्रमको उद्घाटन ब्यानर पढेर नगर उपप्रमुख शोभा कुमारी क्षेत्रीले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै आफूले सिकेको सीपलाई व्यवहारमा लागू गरी  व्यावसायिक उद्यम हुनुपर्नेमा जोड दिदै समाज परिवर्तनको लागि मैले केही पनि कुरामा कन्जुस्याईँ गर्ने छैन महिलाहरूले अब केही गर्नु पर्छ । भन्ने कुरामा जोडदिनु भएको थियो ।

 

कार्यक्रममा पुस्तकालयका पदाधिकारी, जनप्रतिनिधि, स्थानीय समाजसेवी, बुद्धिजीवी, पत्रकार, फलेवास नगरपालिका ७ का वडा अध्यक्ष साथै धुलिखेल अस्पतालका प्रमुख प्रशिक्षक डाक्टर विशाल गुरुङ महिला सहजीकरण की लक्ष्मी कुँवर मोती सामुदायिक पुस्तकालयकि सदस्य इन्दिरा तिवारी सन्देश लामिछाने लगायतको सहभागिता रहेको थियो कार्यक्रमको मन्तव्य मोति सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष भोलानाथ शर्माले गर्नुभएको थियो उहाँले भन्नुभयो हामीले काम गर्दा डराउनु हुँदैन काम सानो ठुलो हुदैन काम गर्दा कसैले जिस्काछन कि कसैले केही भनिन्छकी भनेर जब सम्म  यस्ताकुराहरू हामीले मनबाट हटाउँदैनौ तब सम्म हामीहरू अगाडि बन्न सक्दैनौ बताउनु भएको थियो ।  पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण राज पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य मोति सामुदायिक सिलाई कटाई उद्योगकी अध्यक्ष विन्दु सुवेदी र सञ्चालन बरिष्ठ लाईबेरीयन इन्द्र प्रसाद सापकोटाले गर्नुभएको थियो ।

 

साथै मोती सामुदायिक पुस्तकालयले अहिले संम गरेका कायर्हरू: बिद्यालय पुस्तकालय पर्वतका १७०, प्रविधि ज्ञान सेवा कार्यक्रम, सुरक्षित आप्रवासन कार्यक्रम साथै एडभान्स सिलाई कटाई कार्यक्रम, स्नेटरी प्याड उत्पादन अन्तरगत उद्यमशिलता ( ५ दिने प्याकेजिङ उद्योग दर्ता गरि समपन्न गरेको समुहलाई महिला महिनावारी बन सरसफाई सम्बन्धि सचेतना लगायतका कार्यक्रमहरु गरिसकेको छ। 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय