आँखीझ्याल डट कम : प्याउरे , पेउरे  र प्याउली स्थानीय नामले  परिचित जडिबुटी हाे । अंग्रेजी नाम उइटर फ्यास हाे ।  नेपालको अधिकांश पहाडी ४०० देखि २००० मिटर उचाइसम्मको भू-भागमा झाडी बाँसका रुपमा प्रसस्त हुर्कने सदाबहार पाते वनस्पति हो। यो बारी, कान्ला र ढुस्का, ओसलो जंगल हुने ढंगेनमा समेत हुर्केको हुन्छ। यसको बोट बढिमा २ मीटरसम्म अग्लो लामो र ३ इन्चसम्म मोटो पनि हुन्छ । खरानी रंगको छिप्पीएकोमा दर्केको बोट देखिने प्याउरे झमक्क घारीमा पलाएको हुन्छ। यसका पात १-१/२ इन्चसम्म चाक्ला र ४ इन्चसम्म लामा चिल्ला हरिया रंगका हुन्छन् ।
यसको प्रत्येक बोटमा जरैदेखि वरिपरि आलोपालो गरी मत्थरिएको प्याउरेका बोटहरु मंसिर-पुषमा गाढा पहेँला (हदेले) रंगका लामो सोली आकारका ३ पत्रे फूलहरु फुल्ने गर्दछ । यसको पातहरु छेउ मसिना भएपनि फूलका पत्र तलैबाट चिरा परेका हुन्छन्। एउटै बोटबाट घुडा टेकेर धेरै बोटमा फैलने पेउरकाको पातको स्वाद हल्का पिरो र टर्रो हुन्छ ।
खेती तथा नर्सरी
प्यायरेको बीउ वा विरुवा दुबै भाग उपयोग गरेर यसको बोटहरु उमारेर हुर्काउन सकिन्छ। माघ-फागुनमा पाकेका गोला फलका दाना भित्र रहेका बीयाहरु संकलन गरी माडेर धुलो फालिबीउ टिपेर सुकाई १ राती पानीमा भिजाएर तयार पारेको नर्सरीमा बेर्ना राख्न सकिन्छ भने उम्रेका बोटहरु उखेलेर कम्तिमा २ आखला पर्ने गरी १ बित्ता लामा टुक्रापारी माटोले छोपी मुख माथि राखी दिनु पर्छ। जरा हालेर पालाएपछि उपयुक्त ठाउँमा १५-२० से.मी.को दुरीमा सार्नु पर्छ।
संकलन तथा भण्डारन
प्याउरेका बोटहरु छिप्पीएको बेला पात वा टुपाहरु टिपेर हल्का घाममा सुकाई छायाँमा राखेर १-२ दिन पछि खर्खरादो भएपछि थैला वा पलाष्टिकमा राख्नु पर्छ। यसरी राखेका पात वा टुप्पाहरु घाउ वा चोट लागेको ठाउँमा पिसेर मसिनो धुलो बनाई बुर्कन हाल्नु व्यावहारिक हुन्छ । बढी प्रभावकारी रुपमा उपयोग गर्नका लागि प्याउरे सकेसम्म बिरुवा संकलन गरी नजिकको जमिनमा हुर्काएर ताजा भण्डारन गर्न सके राम्रो हुन्छ ।
उपयोगिता
प्याउली रस र धुलो मानव दैनिक जीवनमा धेरै रोग र उपचारका लागि अति उपयोगी सिद्ध भएको छ। यसले काटेको, थिचिएर चोट लागेको घाउ र पोलेकोमा तत्काल प्रयोग गर्न उपयोगी हुन्छ। यसरी गर्मिलागेका केटाकेटी, घामले दुखेको टाउको, मुख र कपालका चायाँहरु हटाउन यसको उपयोग गर्न लाभकारी हुन्छ। डोरी-ताँदोमा घट लगाउन लेसिलो लेदो अभ बढी उपयोगी मानिन्छ ।
प्रयोग विधि
घाउ तथा चोट पटकको लागि मात्र नभएर अन्य प्रयोगका लागि पनि पाएसम्म ताजा पात टुपा नपाए सुकाएको धुलो स्वरसमा लेदो बनाई लेप लगाउनुपर्दछ। बच्चालाई नुहाउने गर्नुपर्छ। लेपलाई पानीमा भिज्नबाट बचाउनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय