काठमाडौं : टिपिकल गीत सिर्जना गर्न माहिर लोकप्रिय सर्जक तथा गायक तेजश रेग्मीको लय तथा शब्द सिर्जना रहेको नयाँ गीत अम्खारामा पानी भर्खर मात्र सार्वजनिक भएको छ । आफ्ना विगतका सिर्जनामा जस्तै यो गीतमा पनि रेग्मीले टिपिकल शब्द र सुमधुर लयको संयोजन गरेका छन् । गीतले माया प्रेमलाई विषय बनाएको छ । 

गीतमा अस्मिता अधिकारी र भीष्म अधिकारीको आवाज रहेको छ । गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ । 

तेजश रेग्मीको शब्द संगीत, एच बी एन किस्मतको संगीत संयोजन रहेको गीतको भिडियोमा सुधीर श्रेष्ठ, लोमश शर्मा, स्मारिका ढकाल र लोसिना लामिछानेको अभिनय रहेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय