पर्वत :  जिल्लामा जन्मिएर विभिन्न मुलुकमा रोजगार, व्यवसाय तथा शैक्षिक उन्नतिका लागि प्रवासमा रहेका पर्वतेलीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजको भेला तथा साधारण सभा दुबईमा सम्पन्न भएको छ ।

२०२३ फेब्र्र्अरी १८ र १९ अर्थात २०७९ फागुन ६ र ७ गरी दुई दिन दुबईमा सञ्चालन भएको भेलाले जिल्लाका ३ वटा स्थानीय तहमा परियोजना लागू गरेको छ । संस्थाका महासचिव मणि भुर्तेलका अनुसार जलजला गाउँपालिकाका सामुदायिक विद्यालयलाई २६ वटा टिभि खरिद लागि रकम हस्तान्तरण गरिएको छ भने फलेवास नगरपालिकालाई एम्बुलेन्स खरिदका लागि ८ लाख र पैयुँ गाउँपालिकालाई शव वहानाका लागि ८ लाख रुपैयाँ सहयोग गरिएको छ । भेलाले मध्यपुर्वका समस्याहरुमा गहन रुपमा छलफल गरि समस्या समधानको सहयोगार्थ मध्यपुर्व अक्षयकोष घोषणा गरेको महासचिव भुर्तेलले जानकारी दिए ।

भेलालाई सम्बोधन गदै कार्यक्रमका प्रमुख अतिथी एवम् राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले मुलुकको विकासमा प्रवासी नेपालीले खेलेको भुमिका महत्वपूर्ण रहेको बताए । उनले प्रवासी नेपालीले मुलुकको समृद्धिको सुरुवात आफैबाट सुरु गर्नुपर्छ भन्ने विषयवस्तुलाई उठान गरेको भन्दै प्रशंसा गरे । ‘प्रवासमा बसोबास गर्ने प्रत्येक नेपालीको समृद्धि मुलुकसँग जोडिने हुँदा विभिन्न किसिमका सीप, व्यवसाय तथा शिक्षामार्फत नेपालले आफूलाई समृद्ध पार्न सक्छ, राष्ट्रिय सभा अध्यक्षले भने,‘कुनै पनि मुलुकको विकासमा योगदान पु¥याउनको लागि पहिले आफू पनि बलियो र समृद्ध हुनुपर्दछ ।,’ अहिले झन्डै ७०देखि ८० लाखको हाराहारिमा विदेशिएका नेपालीले आफ्नो समृद्धिको केही अंश आफ्नो परिवार, गाउँ र समाजसँग जोड्ने हो भने देश विकासमा ठूलो योगदान पुग्ने कुरामा उनले जोड दिएका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश साँसद रेखा गुरुङ, युएई स्थित नेपाली राजदुत कृष्ण ढकाल, गैर आवासिय नेपाली संघका अध्यक्ष कुल आचार्य, अन्तरास्ट्रिय पर्वत समाजका प्रमुख संरक्षक पुरन गिरि, फलेवास नगरपालिकाका मेयर गङ्गाधर तिवारी, जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्य, कुश्मा नगरपालिका १४ आर्थरडाँडा खर्कका वडा अध्यक्ष रुद्रमोहन रिमाल, जलजला गाउँपालिका–८ नाग्लिवाङका वडा अध्यक्ष हरिविकास जिसी, पैयु गाउपालिका –५ का वडा अध्यक्ष निर्भिक नारायण भुर्तेल, लगायत जनप्रतिनिधि, पर्वत जिल्ला अस्पतालका अध्यक्ष शंकर गिरी, नेपाल पर्यटन मन्त्रालयका इन्जिनियर प्रदिपराज पौडेल, अन्तरास्ट्रिय पर्वत समाजका संरक्षक, युरोप संयोजक सन्तोष पौडेल, नेपाल प्रतिनिधि मुना भुषाल लगायत विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

भेला तथा साधारण सभामा नेपाल, युएई, दक्षिण कोरिया, कतार, बहराइन बेल्जियम, बेलायत , स्विडेन , स्विजरल्यान्ड र हङकङ लगायका देशहरुबाट करिव २ सय पर्वतेलीहरु उपस्थिती भएका थिए । अन्तरास्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसीले संस्थाको नियमन्त्रणलाई स्वीकार गरेर पाल्नुहुने सम्पूर्ण अतिथीहरुलाई धन्यवाद ज्ञापन गदै भेला ऐतिहाँसिक भएको बताए ।

समाजले जिल्लाको विकास तथा समृद्धि एवं ग्रामीण क्षेत्रका बासिन्दाहरुलाई शिक्षा र स्वास्थ्य सेवामा सहयोग गर्ने गरी कार्ययोजना बनाएको संस्थाका अध्यक्ष झलक केसीले जानकारी दिए । अन्तराष्ट्रिय पर्वत समाजले जिल्लाको पर्यटन क्षेत्रको प्रबद्र्धन, शिक्षा सँगै आपतकालिन अवस्था र स्वास्थ्यको क्षेत्रमा उल्लेख्य कार्य गर्दै आइरहेको छ । ‘समाजले आफ्नो जन्मभूमिका लागि प्रवासमा रहेका पर्वतेलीहरुबाट गास काटेर संकलन गरेर भएपनि धेरथोर सहयोग गरेको छ’ अध्यक्ष केसीले भने । ‘हामी विविध कारण बस जिल्ला र जन्मभूमिबाट टाढा भएपनि गाउँमा नै रहेको आभास दिलाउने गरी प्रयत्न गरेका छौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय