दमक : १५ औं विश्व ह्विलचेयर दिवशको अवसरमा दमक नगरपालिकाले हिजो एक कार्यक्रम बीच शरीरिक अपाङ्गता भएका १६५ जनालाई ह्विलचेयर वितरण गर्यो । रोटरी क्लब अफ ताइवान र चाओ जगं चि फाउण्डेसनको सहयोगमा प्राप्त ती ह्विलचियरको प्रयोगबाट अपाङ्गता भएका व्यक्तिहरुको जीवनलाई केही सहजता प्राप्त हुन सक्ने राय कार्यक्रममा उपस्थित विभिन्न व्यक्तिहरुले बताए ।

दमक अपाङ्ग सहयोग समितिले समन्वय गरेको उक्त कार्यक्रमको उद्घाटन गर्दै दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले स्थानीय क्षेत्रको विकासमा सबैको भूमिका उल्लेख्य हुने भएकोले यस किसिमको सहयोगले अपाङ्गता भएका व्यक्तिहरुलाई विकास कार्यमा संलग्न गर्न सकिने कुरा बताउनुभयो । ह्विलचेयर प्राप्तिमा सहजीकरण गर्ने संस्था आइ.सी.ए/फण्डरेजिंग फर एनजिओको सल्लाहकार प्रा.डा. तत्वप्रसाद तिम्सिनाल अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा सरलता ल्याउन ह्विलचियर जस्ता सहयोगी सामाग्रीहरुको अहम भूमिका रहने कुरा बताउनुभयो । आइसीए/फण्डरेजिंग फर एनजिओ तथा रोटरी क्लब अफ रुदमति र धुलिखेलले अपाङ्गता भएका व्यक्तिहरुबीच ह्विलचेयर पुर्याउन लामो समयदेखि अग्रणी भूमिका खेलेको प्रसगं बताउनु भयो ।

दमक नगर उपप्रमुख रेगिना भटट्राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको सहयोगमा योगदान दिदै आउनुभएका कलाकार मनोज गजुरेल र राजा राजेन्द्रले अपाङ्गता हुनु अभिशाप होइन, यो जो कोहीको जीवनमा कुनै पनि बेला हुन सक्ने बारे प्रकाश पार्नुभयो । उपप्रमुख रेगिना भट्टराईले यस विषयलाई दमक नगरपालिकाले अभियानका रुपमा अघि बढाउने प्रतिबद्धता जाहेर गर्नुभयो ।

कार्यक्रममा स्वाथ्य सेवा विभागका डा. रबिन्द्र बास्कोटा, नास्पिरका अध्यक्ष यसनाथ मैनाली, भिमा खतिवडा, नगेन्द्र भट्टराई, खगेन्द्र भट्टराई, आदिले अपाङ्गता र यस्को सहजीकरणबारे विचार राख्नु भएको थियो । दमक अपाङ्गं सहयोग समितिका सचिव मदन कुमार बोहोराको सञ्चालनमा भएको यस कार्यक्रमले शरीरिक अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा सहजता ल्याई यस्ता सामाग्री पाउनुमा उनीहरुको अधिकारको पैेरवी गर्दै १५ औं विश्व  ह्विलचियर दिवसलाई भव्यताका साथ मनाउने कार्यमा दमक नगरपालिकाले उल्लेख्य भूमिका निर्वाह गरेको कुरा बताउदै कार्यक्रमको समापन भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय