सन्देश लामिछाने ,पर्वत : पर्वतको फलेवास नगरपालिका  र महाशिला गाउँपालिका बाट  मनमोहक शिखर देखिने  माछापुछ्रे, तमु भाषा स् कतासुँ क्लिको, एउटा हिमालको नाम हो जुन अन्नपूर्ण हिमालको उत्तरमा मध्य नेपालमा अवस्थित छ ।

यो हिमाललाई मानिसहरूले भगवान शिवको पवित्र स्थान मानेर श्रद्धा गर्छन त्यसैले यो हिमालमाथि आरोहण गर्ने अनुमति छैन ।  माछापुछ्रे हिमाल एउटा लामो प्रेणदायक श्रेणीको पुछारमा, अन्नपूर्णको मुख्य भागमा दक्षिणतर्फबाट बाहिर लम्किदैगएको छ, पूर्वी सीमालाई अन्नपूर्ण संरक्षण क्षेत्रको रूप प्रदान गर्छ ।

यो संरक्षण क्षेत्र पर्यटकहरूको एउटा मनपर्ने ट्रेकिंग गन्तव्य हो र अन्नपूर्णको दक्षिणतर्फबाट आधार शिविर र अन्य प्राकृतिक छटा एकदमै मनमोहक हुन्छ । माछाको पुच्छर जस्तो हुनाले नै यो हिमालको नाम माछापुच्छ्रे रहेको हो ।

यसलाई अङ्ग्रेजीमा फिस टेल पनि भनिन्छ । यसलाई तमु भाषामा कतासुँ क्लिको भनिन्छ। 

तस्बिरः  गणेश पुरी , गगांराम रेग्मी , मित्र पाण्डे ,  सन्देश लामिछाने 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय