काठमाडौँ: ठमेलतिरका पब वा रेस्टुरेन्टका मेनुमा संगीत लेखिरहन नपर्ने परिकार हो। विभिन्न देशका स्रोताहरूले खानासँगै यहाँ बज्ने गीत(संगीतबाट नेपाली संगीत संस्कृतिको पनि स्वाद चाख्छन्। यहीँ नेपाली कलाकारले प्रस्तुत गर्ने विदेशी भाषाका गीत(संगीतको आनन्द पनि लिन्छन्।पब वा रेस्टुरेन्टमा गाउने बजाउने अवसर धेरै संगीतकारका लागि आर्थिक आधार बन्दै आएको छ। यहाँ गाउने बजाउने गायक(संगीतकारमा युवा पुस्ताको बाहुल्य छ। उनीहरूको आफ्नै गीत(संगीत रेकर्ड भएको हुन पनि सक्छ, नहुन पनि सक्छ। तर उनीहरू व्यावसायिक कलाकारसरह गाउँछन्, बजाउँछन्।

अग्नी प्रसाद कंडेल एक हुन् साना(ठूला कन्सर्टमा समेत प्रस्तुति दिएका उनी अक्सर कभर गीत गाउँछन्। तर जहाँ जान्छन्, रेकर्ड गर्न बाँकी रहेका आफ्ना गीत पनि सुनाइहाल्छन्।गाउनबाहेक अग्नीलाई बाजा बजाउने रहर लाग्थ्यो। तर घरमा बाजा थिएन। उनकी हजुरआमा चिया बेच्थिन्।एलेक्स हजुरआमाले पकाएको चिया गिलासमा बोकेर बाटो(बाटो दगुर्थे। हजुरआमा उनलाई माया गरेर केही पैसा दिन्थिन्।

ुत्यही चिया बेच्ने काम गरेर जम्मा गरेको पैसाले गितार किनेँ,ु उनले भने। अग्नीको पारिवारिक जीवनमा सानैदेखि केही संकट थिए र अझै छन्।यसले अग्नीलाई कलिलै उमेरदेखि कमाउनु पर्ने दबाबमा पार्‍यो।परिवारभित्रका केही समस्याका कारण आफ्नो लागि आफैं सोच्नुपर्ने भयो। ११ कक्षापछि पढाइभन्दा पेटका लागि समय दिनुपर्‍यो,ु उनले भने, ुसंगीतबाहेक अर्को सपना थिएन। संगीतमै केही गर्न सकिएला भन्ने सोचले काठमाडौं आएँ

हुँदा उनले केही लाइभ कार्यक्रममा गीत गाउने अवसर पाएका थिए। काठमाडौं आएर उनले त्यही काम खोजे। वीरगञ्ज हुँदा सय रूपैयाँ पाएका एलेक्सले ठमेलमा पहिलो पटक गाउँदा पाँच सय पाएको बताउँछन्।काठमाडौं यसै महँगो छ। त्यसमाथि संगीतकार बन्ने महँगो सौख। उनी किस्ता(किस्तामा आफ्ना आवश्यकता पूरा गरिरहेका छन्। उनी काठमाडौं आएको लगभग छ वर्ष भयो। यसबीच उनको मुख्य संघर्ष मोटरसाइकल र वाद्यवादनहरू किन्नमै केन्द्रित रह्यो।

पहिला किनेको गितारले अलि भ्याएन। यहाँ आएर नयाँ गितार किनेँ। लुभूदेखि ठमेल टाढा भएकाले राति फर्किन गाह्रो हुन्थ्यो। बल्लबल्ल मोटरसाइकल किनेँ।

संगीत प्रस्तुति नै एक मात्र आम्दानीको स्रोत भएका एलेक्ससँग कमाउने अर्को कुनै विकल्प थिएन। घरभाडा तिर्ने तनाव र खानेकुरा अभाव एकैचोटि भोगेका उनलाई महामारीकाल कटाउन पर्नुसम्म सकस परेको थियो। यस्तो बेला सुख्खा चिउरा र चाउचाउ खाँदा(खाँदा घाउ नै भएको उनी सम्झन्छन्।

यस्तो समस्यामा उनलाई आफ्नो ब्यान्ड ड्र्मर विक्रम सूर्यवंशीले विशेष साथ दिएको उनले बताए। तीन वर्षअघि सुरू भएको यो ब्यान्डमा एलेक्स र विक्रमसँग प्रवेश घिसिङ ९मुरली०, रोनिश मोक्तान ९गितारिस्ट० र आदित मगर ९बेस गितारिस्ट० छन्। अग्नी ब्यान्डका गायक हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय