सन्देश लामीछाने, पर्वत : समाज परिवर्तन गर्न महिलाहरूको भुमिका प्रमुख हुन्छ।  समाज परिवर्तनका सभाहंक किशोरी नै हुन भन्ने उदश्य लिएर पाँच जिल्लामा भएका पाँच सामुदायक पुस्तकालयहरू ले २७५ जना किशोरीलाइ नि.शुल्क ११ महिने (Tech Age girls ट्याग ) प्रविधिक युगका किशोरीहरु परियोजना संचालन मा ल्याएका छन्।

 

यस परियोजना मा किशोरी महिलाहरूलार्इ ठूलो सोच राख्ने , सकारात्मक आत्म-अवधारणा, डिजिटल प्राविधिको प्रयोग, अनुकूलन क्षमता, लचिलोपन सहित महत्वपूर्ण नेतृत्व लिन सक्ने , आफै कमाउने,आत्मनिर्भर हुने, पराढ्ने कसरी, नयाँ सीपको प्रशिक्षण, लाभदायक रोजगारीको लागि तयारी हुने, व्यावहारिक असाइनमेन्टहरू र सामुदायमा भएका नकरात्मक क्रियाकलापहरू चिन्न सक्ने, त्यस बिरूद आवाज उठाँउन सक्ने  क्षमता विकास गरिने छ।

 

स्थानीय जनप्रतिनिधिहरु, पुस्तकालय समिति, बिद्यालय व्यवस्थापन समिति, शिक्षक र किशोरीका अभिभावकहरु लाई पनि प्रत्यक्ष रुपमा सहभागी गराइ कक्षा ९ दे्खि १२ मा पढ्ने र स्कुलको पहुँच बाट टाढा रहेका विशेस क्षमता भएका असक्त , विपन्न गरिव परिवारका किशोरी सबैलाइ रिड नेपाल र रिडग्लोवलको  सहयोग र सामुदायक पुस्तकालयहरूको ब्यवस्थापनमा  यस ट्याग कार्यक्रम सुरु भएको हो।

किशोरीहरूको बृहत् समूहमा सबैभन्दा उत्प्रेरित र उच्च प्रदर्शन गर्ने किशोरीहरू २५ जनाले थप लक्षित, उन्नत तालिम काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा र सामुदायिक उन्मुख परियोजनाहरू मार्फत आफ्नो नेतृत्व क्षमता बढाउन विस्तारित अवसरहरू पनि प्राप्त गर्नेछन्।

पछिल्ला चरणहरूमा अगाडि बढ्ने किशोरीहरूले स्कूलहरू मार्फत क्यास्केड तालिम पनि सञ्चालन गर्नेछन्। ट्याग कार्यक्रमले विद्यालयको शैक्षिक प्रणालीमा पनि सुधार गर्नेछ। भने पर्वतको मोती सामुदायक पुस्तकालय, कास्कीको दीपशिखा सामुदायिक पुस्तकालय, ललितपुरको गोदावरी सामुदायिक पुस्तकालय, चितवनको तरौली सामुदायिक पुस्तकालय र नवलपराशिको जहादा सामुदायिक पुस्तकालयमा यो प्ररियोजना संचालन भइरहेको छ। ट्याग कार्यक्रम सुरू गर्नाले सहभागी किशोरीहरूको जीवनमा मात्र होइन उनीहरूको परिवार र सम्पूर्ण समुदायहरूमा पनि सकारात्मक परिवर्तन ल्याउनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय