आँखीझ्याल खबर : नेपाल क्रिकेट संघ (क्यान) ले ६ जना खेलाडीलाई प्रशिक्षणका लागि भारत पठाएको छ।

क्यानले कमलसिंह ऐरी, विनोद भण्डारी, विवेक यादव, कमल खत्री, सागर ढकाल र लोकेश बमलाई भारत पठाएको जानकारी गराएको छ।

भारत पठाइएका खेलाडीहरूलाई प्रदीप साहुले नेतृत्व गर्ने र प्रशिक्षक मोन्टी देसाईंले त्यसको अनुगमन गर्ने क्यानले बताएको छ।

भारत प्रशिक्षणमा गएका यी खेलाडी यसअघि टोलीमा नियमित स्थान बनाउन नसकेकाहरु हुन्।

विनोद भण्डारी लामो समयपछि टोलीमा फर्किएका छन् भने अरु आकलझुक्कल मात्रै मौका पाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय