आज बिहानै देखिको निरन्तर वर्षाका कारण भिजिबिलिटी कम हुँदा उडान हुन नसकेको भरतपुर विमानस्थल कार्यालयले नारायणी अनलाइनलाई जानकारी दिएको छ । विमानस्थलका अनुसार आज आन्तरिकतर्फ नौँ उडान तालिका रहेको थियो । भरतपुरमा बिहान १० बजे दुई वटा उडान भएपछि पुनः उडान बन्द भएको छ । सोहीकारण भरतपुरमा हवाई यात्रु अलपत्र परेका छन् । प्रतिकूल मौसमका कारण मंगलबार भरतपुरमा हवाई उडान प्रभावित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय