आँखीझ्याल खबर , पर्वत :  महाशिला गाउँपालिकाले सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।

मानिसहरूले समयमै उपचार नपाएका पछि अकालमै ज्यान गुमाउन नपरोस भनेर ग्रामीण क्षेत्रमा एम्बुलेन्स सेवा संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुषालले जानाकारी गराउँनु भयो । ‘गाउँपालिकाले आम नागरिकलाई अनुभुति हुने गरि निशुल्क एम्बुलेन्स सेवा अघि सारेको छ। एम्बुलेन्स भाडा तिर्न नसकेर घरमै सुत्केरी हुँदा कतिपय आमा र नवजात शिशुको मृत्यु भएको खबर पनि सुनिन्छन । उहाँले भन्नुभयो, ‘अबको दिनमा भाडा तिर्ने पैसा नभएकै कारण कुनैपनि गर्भवती–सुत्केरी, महिला स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस भन्ने उद्देश्यले गाउँपालिकाले एम्बुलेन्स सेवा निशुल्क गरिदिएको छ ।’

गाउँपालिकाले सुत्केरी महिलालाई अस्पतालबाट घर सम्म र सुत्केरी हुने महिलालाई अस्पताल सम्म पु¥याउँन निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद पराजुलीले जानकारी दिनुभयो ।

घरमा सुत्केरी हुँदा आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा परेका धेरै घटनाहरु छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुँदा आमा र बच्चाको स्वास्थ्य राम्रो हुने सन्देश दिन पनि एम्बुलेन्स सेवा संचालनमा ल्याइएको पराजुलीले बताउँनुभयो । यस सेवाले गाउँपालिकाको ‘जिरो होम डेलिभरी’अभियानलाई साकार बनाउँन समेत सहयोग पुग्ने उहाँले बताउँनुभयो । ६ वडा रहेको गाउँपालिकाले प्रत्येक वडाबाट स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय