काठमाडौँ:- यस वर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’–२०७७ बाट सुदूरपश्चिम प्रदेशसभा सांसद उमादेवी वादी सम्मानित हुनुभएको छ ।

अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा रक्षामन्त्री डा मीनेन्द्र रिजालले उक्त पुरस्कार सांसद वादीलाई प्रदान गर्नुभएको हो ।

मन्त्री रिजालले वादीको सामाजिक अधिकारका लागि उमादेवीको योगदान उल्लेखनीय रहेको भन्दै सही व्यक्तित्वलाई पुरस्कार प्रदान गरिएको बताउनुभयो । समाज सेवा वा सामाजिक प्रशासनको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने उद्देश्यले मानव अधिकारकर्मी कृष्ण पहाडीका पिता बद्रीप्रसाद पहाडीका नाममा स्थापना गरिएको उक्त पुरस्कारको राशि रु एक लाख १० हजार नगदसहित सम्मानपत्र रहेको छ ।

पुरस्कृत व्यक्तित्व वादीले आत्मसम्मानको लडाईंमा आफूले गरेको योगदानको कदरस्वरुप आफूलाई पुरस्कृत गरिएको भन्दै अत्यन्त गौरवान्वित महसुस गरेको बताउनुभयो । उहाँले यस पुरस्कारले आफूलाई आगामी दिनमा काम गर्न थप हौसला प्रदान गरेको बताउनुभयो ।

समाजका महासचिव रामकृष्ण बरालले वादी समुदायको मानवअधिकार र सामाजिक न्यायका लागि योगदान पु¥याउन सफल अधिकारकर्मीलाई थप प्रोत्साहन पुगोस् भन्ने हेतुले पुरस्कार उमादेवीलाई प्रदान गरेको बताउनुभयो ।

विसं २०१८ फागुन ४ गते जन्मिनुभएकी उमादेवी वादीले २०६४ सालमा राष्ट्रिय वादी अधिकार सङ्घर्ष समितिको संयोजकका रूपमा ४८ दिन लामो वादी आन्दोलनको नेतृत्व गर्नुभएको थियो । सो आन्दोलनको परिणामस्वरुप वादी समुदायको उत्थान र अधिकारका लागि नेपाल सरकारसँग दुई बुँदे सम्झौता भएको थियो ।

विपन्न दलित वादी समुदायको हक–अधिकारका लागि निरन्तर योगदान गर्दै आउनुभएकी उमादेवी वादीलाई विश्व प्रसिद्ध सञ्चारमाध्यम बिबीसीले सन् २०१८ को विश्वका १०० जना प्रेरणादायी र प्रभावकारी महिलाकोे सूचीमा १०आँै स्थानमा राखेको थियो । (रासस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय