दिनभरि कामको थकानले उथलपुथल भएको शरिर र दिमागलाई थोरै भएपनि शान्त बनाउन मनोरञ्जनले महत्वपुर्ण भुमिका खेल्छ । तर दिन भर काम गरेर तनाबमा रहेको शरिर मेला र महोत्सव खोज्न कहाँ जाने , फेरि रातको समयमा मेला महोत्सव र रमाइलो पनि हुदैन । यहि दैनिक मनोरञ्जन दिने स्थल बन्न थालेका छन् दोहोरी साझ र डान्सबारहरू ।

कहिले दोहरी गीत त कहिले िहपहप तथा रक गीत उनि सबै बिधामा अब्बल रहेकि छन् बिनिता । उनले युवाको साथमा रक र िहपहप तथा पाको मान्छेको साथमा बिरहका लोक भाका गाउने गर्छिन । यहि कारण आज उनि सबैमाझ लोकप्रिय बनेकी हुन।

बुटवलमामा रहेको इन्द्रेणी दोहोरी साझ फरक ब्यबस्थापनका साथ सञ्चालन हुने भएको छ ।इन्द्रेणी दोहोरी साझले हरेक दिन बेलुकि ७ बजेबाट राति ११ बजे सम्म लाईभ दोहोरी दिने भएको छ । दोहोरी साझका सञ्चालक बिकल्प कायस्थले स्थानिय कलाकारहरको प्रयोग गरेर दोहोरि चलाउने बताएका छन् । कोरोनाले थला पारेको संगीत र मनोरञ्जन क्षेत्र यतिबेला चलायमान बन्न थालेको बताउदै दोहोरी साझ चल्नेमा उनि ढु्क्क छन ।

सञ्चालक कायस्थका अनुसार स्थानिय कलाकार बिनिता पौडेल दो​होरी गायिकाको रूपमा अनुबन्ध गरेको र सबै कलाकारको ब्यबस्थापन उनले नै गर्नु बताईएको छ । स्थानिय स्तरमा चलेका कलाकार भएकोले उनले आउने ग्राहक र दर्शकलाई मनोरञ्जन दिनेमा सञ्चालक कायस्थ ढुक्क छन् । स्थानिय गायक रहेका व्रजेशले नेपाल तथा भारतका बिभिन्न स्थानमा आफ्नो प्रस्तुति दिईसकेका छन् ।उनि बाल कलाकारको रूपमा पनि परिचित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय