पर्वतको फलेवास नगरपालिका वडा नं. ८ ठानामौलाको वडा कार्यालय भवन शिलान्यास गरिएको छ ।
ठानामौलाको पोखराभित्तामा सभाहल सहित ५ कोठा रहने भवनको फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले एक कार्यक्रमका विच शिलान्यास गर्नुभएको हो ।

फलेवास ८ठानामौलामा रु १ करोड १७ लाख १६ हजार ९ सय चौरानव्वे (भ्याट र कन्टेन्जेन्सी) सहित बन्न लागेको वडा कार्यालको भवन सुविधा सम्पन्न र अपांग मैत्री रहने छ ।

भवन शिलान्यास कार्यक्रममा वोल्दै नगरप्रमुख शर्माले आफू निर्वाचित भएर आएपछि सर्वप्रथम पुर्वधार विकासमा जोड दिदै समृद्ध फलेवासको अभियानमा लागेको वताउनु भयो । जनताले सेवा पाउने कार्यालय सुविधासम्पन हुदा सेवा लिन पनि सहज हुने वताउदै आफ्नो कार्याकालमा नगरले पुर्वधारको क्षेत्रमा उल्लेख्य प्रगती गरेको शर्माले वताउनु भयो ।
कार्यक्रममा भवनको लागत स्टामेटको वारेमा फलेवास नगरपालिकाका इन्जिनियर केशव चालिसेले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा स्थानिय जनप्रतिनिधी ,समाजसेवी लगाएतको उपस्थिती रहेको थियो । फलेवास ८ ठानामौलाका वडा अध्यक्ष मन वहादुर कुवंरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन फलेवास नगरपालिकाका कार्यक्रम व्यवस्थापक देवीप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो भने स्वागत मन्तव्य वडा सचिव दिपेन्द्र गौतमले राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय