काठमाडौं,पुस १९-
नेपाल क्रिकेट संघ (क्यान)ले यु-१९ विश्वकपको लागि नेपाली टोली घोषणा गरेको छ। क्यानले देव खनालको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। यसअघि यु-१९ एसिया कपसमेत खेलेका राष्ट्रिय टोलीका अलराउन्डर गुल्शन झा पनि टोलीमा समेटिएका छन्। टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, दीपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन्।