Aankhijhyaal.com -आँखी झ्याल डट कम, पर्वत :

भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले चार जिल्लाका किसानलाई निःशुल्क रुपमा डालेघाँसका विरुवा वितरण गर्ने भएको छ । कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अन्तर्गत ६० हजार विरुवा वितरण गर्ने लक्ष्य राखेको थियो । लक्ष्य भन्दा ७ हजार बढि गरी कुल ६७ हजार विरुवा वितरण गर्न लागेको कार्यालय प्रमुख दिवाकर पौडेलले जानकारी दिए ।
ग्रामीण भागमा सडक निर्माण गर्ने कार्यले तीव्रता पाउँदा बढेको भूक्षय कम गर्ने र गाई, भैँसी तथा बाख्रापालनमा सहयोग पु¥याउने उद्देश्यले डालेघाँसको बिरुवा वितरण गर्न लागेको उनको भनाई छ ।

पौडेललका अनुसार विभिन्न समुह, पशुपालक कृषक, सहकारी वा अन्य संघ संस्थाहरुले माग संख्याको आधारमा विरुवाहरु लैजान सक्नेछन् ।
पर्वत लगाएत म्याग्दी ,वाग्लुङमा वाझो जमिनमा डालेघासँका रुपमा राईखन्यु ,निमारो वढी मात्रामा लगाउने प्रचलन अनुसार माग वढि आउने उनले बताए । कार्यालय परिसरको नर्सरीवाट पर्वत र वाग्लुङ जिल्लाका किसानले विरुवा लाने गरेका छन् । कार्यालयका अनुसार म्याग्दीमा १५ हजार, बागलुङमा १५ हजार, स्याङ्जामा १५ हजार, पर्वतमा २२ हजार विरुवा वितरण गरिने भएको छ ।

गत वर्ष पनि यही सिजनमा ७० हजार डाले घासँका विरुवा वितरण गरेको कार्यालयले जनाएको छ । डाले घाँसका विरुवा वितरण गर्दा पशुका लागि आहार हुने साथै डाले घाँसका विरुवा लगाउदा भु–क्षय न्यूनिकरण हुनुका साथै पहिरो नियन्त्रणमा सहयोग पुग्ने हुँदा कार्यालयले हरेका वर्ष डालेघाँसका विरुवा वितरण गर्दै आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय