फलेवास,मंसिर २४
अनुराग गौडेलको अध्यक्षतामा अनेरास्ववीयूको २१ सदस्यीय प्रारम्भिक कमिटी गठन गरिएको छ । श्री माटेदेवल जनसहयोगी उच्च माध्यमिक विद्यालय मुडिकुवामा नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववीयूको प्रारम्भिक कमिटी गठन गरिएको हो । त्यसैगरी कमिटीको उपाध्यक्षमा मिजास नेपाली र अनिल सुनार, कोषाध्यक्षमा ममता सापकोटा, सचिवमा रोजिना तिवारी, सहसचिवमा सुमन बि.क., र सदस्यहरुमा क्रमशः मुना विश्वकर्मा, सुनिता विश्वकर्मा, स्मृति सुनार, सुष्मा सुनार, मनिषा वि.क., रजनी वि.क., गोविन्द भुसाल, गणेश तिवारी, श्रीकृष्ण भुसाल, हरि तिवारी, विक्रम नेपाली, सुशान्त आचार्य, संगीता नेपाली, ममिता नेपाली र सजना नेपाली रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै अनेरास्ववीयू पर्वतका अध्यक्ष सन्तोष सुनामले विद्यार्थीहरुका हकहितका लागि विद्यार्थीहरु नै अगाडि बढ्नुपर्ने बताउनुभयो । “देशमा जतिपनि परिवर्तन भएका छन् यी सबै विद्यार्थीहरुकै कारण भएका हुन्, त्यसैलेपनि विद्यार्थीहरु एकजुट हुनैपर्छ” सुनामको भनाई थियो । युवा संघ नेपाल फलेवास नगर कमिटीका अध्यक्ष सुमन गौडेलले विद्यार्थी र युवाहरु मिल्न सके समाजमा सजिलै परिवर्तन ल्याउन सकिने बताउनु भयो । विद्यार्थी भेलामा अनेरास्ववियु पर्वतका उपसचिव उदय भुसाल, अनेरास्ववियु फलेवास नगर कमिटीका सहसंयोजक सुदिप आचार्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सिर्जनाहरु समेत वाचन गरेर सुनाएका थिए ।
अनेरास्ववीयू फलेवास नगर कमिटीका संयोजक अमृतराज लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नेकपा (एकीकृत समाजवादी) वाड कमिटी सचिव लोकनाथ भुसालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय