काठमाडौं, मंसिर २८
कांग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । विहान चार बजेदेखि राष्ट्रिय सभागृहमा जारी मतगणनामा देउवाले १४ सय ६५ मत ल्याउदै अग्रता बढाउदै लगेका छन् ।

केहिबेर अघिसम्म दुई सय ४२ मतले पछ्याईरहेको शेखर कोइराला र देउवाबीचको मतान्तर बढ्दै गएको छ । ताजा अपडेट अनुसार तीन हजार ७७ मत गणना भईसक्दा शेखर कोइराला तीन सय ३४ मतले पछि परेका छन् ।

कोइरालाले ११ सय ३१ मत ल्याएका छन् । त्यस्तै, प्रकाशमान सिंहले दुई सय ५०, विमलेन्द्र निधिले एक सय ७३ र कल्याण गुरुङले १२ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय