काठमाडौं २८ मंसिर

इंग्लिस प्रिमियर लिगका फुटबलमा ४२ जनामा कोभिड १९ को संक्रमण देखिएको छ ।प्रिमियर लिगमा पछिल्लो पटक गरिएको परिक्षणमा खेलाडी र पदाधिकारी गरि ४२ जनामा कोभिड संक्रमण देखिएको हो ।

प्रिमियर लिगका ब्राइटन, टोटेनहम, लेष्टर सिटी, म्यानचेस्टर युनाईटेड, एस्टन भिल्ला र नर्विच सिटीका खेलाडी र पदाधिकारीमा कोभिड देखिएको हो ।यसैकारण युनाईटेड र ब्रेन्टफोर्डबीचको खेल स्थगित भएको छ ।

युनाईटेडका खेलाडीमा कोभिड १९ को संक्रमण देखिएपछि ओल्ड ट्राफोर्डमा तय खेल स्थगित गरिएको हो ।युनाईटेडले मंगलबार ब्रेन्टफोर्डविरुद्ध खेल्ने तालिका रहेको थियो ।

कोभिड पोजेटिभ देखिएको खेलाडीलाई घरमै सेल्फ आईसोलेसनमा पठाईएको छ ।कोभिडकै कारण यस अघि टोटेनहम र ब्राइटनबीचको खेल समेत स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय