गण्डकी, १ पुस
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २६ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा १५ जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

थपिनेमा नवलपरासी बर्दाघाट सुस्ता पूर्वका सात, कास्कीका चार, तनहुँका दुई, म्याग्दी र लमजुङका एक÷एक रहेको स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र गण्डकीका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० जना रहेको र होम आइसोलेशनमा १८३ जना रहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म कुल तीन लाख ५४ हजार २९० को कोरोना परीक्षण गरिएकोमा ८८ हजार २१५ जना सङ्क्रमित भएका थिए । जसमध्ये ८६ हजार ५९१ निको भएको र एक हजार ४२४ जनाको मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय