पोखरा । नेपाली गीत संगीतको साधना र सफलता हात पार्न निकै कठिन छ । सामान्य परिवारबाट आएर बिश्व बजारमा संघर्ष गर्नुपर्ने चुनौती ब्याप्त छखस्कदै गएको नेपाली सगीत बजारमा कलाकारीतबाट नै जोहो गर्नु सहज छैन । त्यसमाथी एक महिलालाई। अवसरका ढोकाहरु धेरै भएपनि बिग्रदो बजार र यहाँको संगीत बजारका नाईकेहरुले हेर्ने दृष्टीकोणका कारण धेरै महिला कलाकारहरु भुमिगत हुनु परेको छ ।

ताप्लेजुङमा जन्मीएर नेपली गीतलाई उचाईमा लैजान रेजिका थापाको ठुलै योगदान छ भन्दा कत्ती फरक नपर्ला । फरक त के छ भने सानै उमरबाट नेपाली लोक गीत संगीतमा लागेर सफलता पाउनु र रमाउनु छ ।
सामान्य परिवारमा जन्मीरएकी उनले निरन्तरको मेहनत पछि एउटा सफलताको सुत्र हात पारिन जसका कारण अहिले उनी नेपाली बजारमा सर्बत्र चर्चा बटुली रहेकी छन् । उनले प्रत्यक्ष दोहोरी बिधामा फरक पहिचान बनाएकी छन । रेजिकालाई अहिले दर्शकको माया थामी नसक्नु छ । उनि अहिले हुने कमाईबाट सन्तुष्ट रहेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय