सर्लाही – सशस्त्र प्रहरीले सर्लाहीको सदरमुकाम मलङ्गवाबाट एक लाख १५ हजार नेपाली नक्कली रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको सीतामढी थाना सोनवर्षा ग्राम वडा नम्बर ६ का ३७ वर्षीय आशिष भन्ने सुरेन्द्र महतो र सीतामढी थाना सोनवर्षा ग्राम लालबन्दी चिलरी वडा नम्बर-१ का ४८ वर्षीय प्रमोदकुमारलाई नक्कली नेपाली नोटसहित पक्राउ गरिएको हो । उनीहरु दुबैलाई सर्लाही सदरमुकाम मलङ्गवातर्फ आउँदै गर्दा नेपाल भारत सीमा नजिक गोरखाकालीबाट शनिबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सीमा सुरक्षाको लागि खटिएको सशस्त्र प्रहरीले भारतको सोनवर्षाबाट नेपाल आउँदै गरेको बीआर ३० वाइ ४१३९ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेकाे हाे । उनीहरूले मोटरसाइकलको डिक्की र सिट मुनि लुकाएर एक हजार दरका एक सय १५ वटा नक्कली नेपाली नोट ल्याउँदै गरेका थिए । प्रहरीले उनीहरुको साथबाट थप ४७ लाख पाँच सय १० भारतीय रुपियाँ समेत बरामद गरेको छ । भारती रुपैयाँ सक्कली भए पनि त्यसको थप अनुसन्धानको लागि नेपाल प्रहरीको जिम्मा लगाइएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय