काठमाडौं,
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा गायक तथा सर्जक भगवान भण्डारी,कुशल विश्वकर्मा र गायिकामा शान्तिश्री परियारको आवाजमा रहेको “राम सिता” बोलको सो गित भर्खरै सार्बजनिक भएको छ । Mala Rani Creation मा युटुब च्यानलमा रहेको उक्त गित सार्बजनिक भएको छ । सुनिल क्षेत्री र गीता ढुंगानाको अभिनय रहेको सो गितलाइ पछिल्लो समय अत्यन्तै चर्चामा रहेका भिडियो निर्देशक सुनिल क्षेत्री स्वयंमले गरेका छन भने रमेश शर्माको संगीत रहेको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :https://youtu.be/MRn5tpJkaNo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय