काठमाडौँ– अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् । उनले आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा जाहेरीमा उल्लेखित विवरणहरु सत्य नभएको बताएकी हुन्।

पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् । नाबालिग कलाकारले पल शाहविरुद्ध फागुन ११ गते तनहुँ प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।

प्रहरीले किटानी जाहेरीका आधारमा फागुन १५ गते शाहलाई नियन्त्रणमा लिएको हो। शाहले अदालतको बयानका क्रममा आफूले करणी नगरेको बताएका छन्। शाहलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान भइरहेका बेला नाबालिगले बयान फेरेकी हुन्।

बयान फेरेको अवस्थामा अदालतले ६ वर्ष कैद गर्ने कानुनी व्यवस्था छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय